ad ad

राजनीति


सरकार भ्रष्टाचारीको संरक्षक भयो, अब व्यवस्था फेर्न लागौँ : कमल थापा

सरकार भ्रष्टाचारीको संरक्षक भयो, अब व्यवस्था फेर्न लागौँ : कमल थापा

नेपालखबर
भदौ १८, २०८० सोमबार १७:१६, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मुकुकको विद्यमान अवस्थामा ब्यक्ति फेरेर समस्या समाधान नहुने बताएका छन्। 

उनले अब ब्यवस्था र प्रणाली नै फेर्न जुट्नुपर्नेमा जोड दिएका छन्। 

सोमबार पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले गणतन्त्र, धर्म निरपेक्षता र संघीयताले मुलुकलाई निस्कनै नसकिने दलदलमा फसाएको बताए। 

अब यो ब्यवस्था र प्रणालीको विकल्प खोज्ने समय आएको पनि उनको भनाइ थियो। 

सिङ्गो राज्यसत्ता भ्रष्टाचारमा लिप्त भएको भन्दै थापाले सरकारको सुशासन र समृद्धिको गफ हावादारी भएको बताए। 

‘सरकार भ्रष्टाचारीलाई कारबाही होइन, संरक्षक भएर निस्किएको छ, जुन दुर्भाग्यपूर्ण छ’, थापाले भने। 

दलका नेता, कर्मचारी, बिचौलियाहरुको त्रिकोणात्मक गठजोडले भ्रष्टाचार संस्थागत भएको थापाले बताए। 

चुनाव जित्ने, सरकारमा जाने, सत्ता टिकाउने अनि ब्रम्हलुट गर्ने यो दुष्चक्रबाट मुलुकलाई बाहिर निकाल्नुपर्ने आवश्यकता रहेको थापाले बताए। 

आगामी भदौ २९ गते काठमाडौंमा हुने विरोध प्रदर्शनको तयारीमा जुट्न नवप्रवेशी युबाहरुलाई थापाले आग्रह गरे। 

त्यस अवसरमा विशालविक्रम राणाको नेतृत्वमा दर्जनौँ युवा राप्रपा नेपालमा प्रवेश गरेका छन्। राप्रपा गण्डकी प्रदेश सदस्य सुदर्शन केसी पनि प्रवेश गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .