ad ad

खेल


जसप्रीत बुमराह मुम्बई फर्किए, नेपालविरुद्ध नखेल्ने

जसप्रीत बुमराह मुम्बई फर्किए, नेपालविरुद्ध नखेल्ने

नेपालखबर
भदौ १८, २०८० सोमबार १३:३३, काठमाडौँ

भारतीय तीव्र गतिमा बल जसप्रीत बुमराहले नेपालविरुद्ध नखेल्ने भएका छन्।

एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार दिउँसो श्रीलंकाको क्यान्डी क्रिकेट मैदानमा खेल हुनुअघि नै उनी भारत फर्किसकेका छन्।

उनले सोमबार मात्रै आफ्नो नवजात शिशुको तस्बिर सामाजिक सञ्जालमा हालेका थिए। उनलाई पुत्रलाभ भएको छ।

घरमा नयाँ सन्ताको आगमन भएपछि उनलाई भारतीय क्रिकेट बोर्डले देश फर्किन अनुमति दिएको हो।

उनी पारिवारिक कारण बताउँदै मुम्बई फर्किएका हुन्। नेपालका लागि उत्कृष्ट लयमा रहेका ब्याटर शुममन गिल टाउको दुखाइ हुन सक्छन्।

उनी सन् २०२३ मा वान डे क्रिकेटतर्फ भारतका लागि शीर्ष ब्याटर हुन्। उनले १२ खेलमा ७६० रन बनाइसकेका छन्।

अर्कातिर बलर कुलदीप यादव पनि नेपालका लागि तनावका विषय हुन सक्छन्। उनले पछिल्लो पटक ११ खेलमा २२ विके लिइसकेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .