ad ad

खेल


मलेसियालाई जितेर उत्साहित नेपाल आज बहराइनसँग भिड्दै

मलेसियालाई जितेर उत्साहित नेपाल आज बहराइनसँग भिड्दै

नेपालखबर
भदौ १५, २०८० शुक्रबार ८:४४, काठमाडौँ

मलेसियालाई हराउँदै आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगितामा विजय सुरुवात गरेको नेपाल आज (शुक्रबार) दोस्रो खेलमा बहराइनसँग भिड्दै छ। 

पहिलो खेल जितेर उत्साहित नेपाली टोली आज दोस्रो जितको खोजीमा हुनेछ। 

मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा जारी प्रतियोगिताअन्तर्गत नेपाल र बहराइनबीचको खेल नेपाली समयानुसार आज बिहान सवा ११ बजे सुरु हुने छ। 

यसअघि बिहीबार नेपालले पहिलो खेलमा घरेलु टोली मलेसियालाई ५ रनले हराएको थियो। 

तुलनात्मक रूपमा आफूभन्दा कमजोर टिम बहराइनलाई जित्दै नेपाल सेमिफाइनलको सम्भावनालाई बलियो बनाउन चाहन्छ। 

यसपछि नेपालले अब मंगलबार कतार र बुधबार यूएईसँग खेल्ने छ।   

शीर्ष २ मा पुग्ने टोली सेमिफाइनलमा पुग्ने छन् भने फाइनल पुग्ने २ टोलीले ग्लोबल क्वालीफायरमा स्थान बनाउने छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .