ad ad

खेल


टंकलाल घिसिङ भन्छन् : एशिया कपमा देशको भरोसा सन्दीपमाथि छ

टंकलाल घिसिङ भन्छन् : एशिया कपमा देशको भरोसा सन्दीपमाथि छ

राखेप सदस्य सचिव टंकलाल घिसिङ। तस्बिर : नेपालखबर


नेपालखबर
भदौ ११, २०८० सोमबार १२:०, काठमाडौँ

क्रिकेटर सन्दीप लामिछाने एशिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गरेका छन्। 

सोमबार बिहान उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै पकास्तिान प्रस्थान गरेका हुन्। 

उनलाई बिदाइ गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ विमानस्थल पुगेका थिए। 

त्यसक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले एशिया कपमा सम्पूर्ण नेपालीहरुको भरोसा क्रिकेटर लामिछानेमाथि रहेको बताए। 

उनले सन्दीपको उपस्थितिसँगै टिम पूर्ण रुपमा बलियो बनेको बताए। घिसिङले सिंगो देशले गरेको भरोसा सन्दीपबाट पूरा हुने विश्वास व्यक्त गरे।

‘पाकिस्तानसँग, भारतसँग नेपाली क्रिकेट टिमले खेल्दैछ। त्यहाँ सन्दीपको उपस्थिति देशले महत्वपूर्ण रुपमा लिइरहेको छ,’ उनले भने, ‘त्यसैले पनि केही प्राविधिक विषयवस्तुसँग जोडिएर उहाँ टिमसँग जान सक्नुभएको थिएन। अहिले सिंगो देशले सन्दीपमाथि जसरी भरोसा गरेको छ, त्यो सन्दीपबाट पूरा हुनेछ। सन्दीपको इन्ट्रीसँगै टिमले पूर्णता पाएको छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .