ad ad

खेल


कोरियन खेलाडीलाई हराउँदै घिमिरेले जिते किक बक्सिङ उपाधि

कोरियन खेलाडीलाई हराउँदै घिमिरेले जिते किक बक्सिङ उपाधि

नेपालखबर
भदौ ३, २०८० आइतबार १३:६, काठमाडौँ

नेपालका अन्तर्राष्ट्रिय किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानको टोकियोमा आयोजित ‘प्रोफेसनल किक बक्सिङ हिट ५२ च्याम्पियनसिप’को उपाधि जितेका छन्। शनिबार दक्षिण कोरियाली खेलाडी चाङ ओन याङलाई हराउँदै उनी च्याम्पियन बनेका हुन्। 

‘हिमालय चितुवा’का रुपमा विश्व प्रसिद्ध घिमिरेले दक्षिण कोरियाली खेलाडी याङलाई किक बक्सिङ प्रतियोगितामा नकआउट गरेका थिए। सो प्रतियोगितामा भिड्ने घिमिरे पहिलो नेपाली बक्सर हुन्।

प्रतियोगिताको पुरुष स्पर्धामा घिमिरेले एक मिनेट ५५ सेकेन्डमै प्रतिद्वन्द्वी याङलाई रिङमा ढालेका थिए। जापानमा रहेर किक बक्सिङको व्यावसायिक खेल खेलिरहेका बक्सर घिमिरेले बक्सिङ हिट प्रतियोगिताका १३ खेल जितिसकेका छन्। उनी तीनपटक टाइटल म्याचको उपाधि नित्न सफल भएका छन्। 

घिमिरेले हालसम्म जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्यान्ड, थाइल्यान्डलगायत देशका बक्सरलाई हराइसकेका छन्। उनी अन्तर्राष्ट्रिय किक बक्सिङ प्रतियोगितामा नेपालको पहिचान बनाउन सफल भएका छन्। 

घिमिरे जापानको नागोयामा  सहरमा आफ्ना पिता पूर्वअन्तर्राष्ट्रिय किक बक्सर तथा फुल कन्ट्याक कराँते खेलाडी देव घिमिरेको विशेष प्रशिक्षणमा छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२  गुर्जुधारा बलम्बुवासी घिमिरेको परिवार केही वर्षदेखि जापानको नागोयामा बसोबासरत छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .