ad ad

खेल


एक साताको हक्की सोलिडारिटी कार्यक्रम सुरु

एक साताको हक्की सोलिडारिटी कार्यक्रम सुरु

नेपालखबर
साउन ३०, २०८० मंगलबार १३:२७, काठमाडौँ

नेपाल हक्की संघको आयोजना तथा एसिया हक्कीको प्राविधिक सहयोगमा मंगलबारदेखि एक साताको ओलम्पिक सोलिडारिटी कार्यक्रम सुरु भएको छ।

नेपाल ओलम्पिक कमिटीको सातदोबाटोस्थिति मुख्यालयमा हुने कार्यक्रममा एसिया हक्कीका इभेन्ट म्यानेजर डेभलपमेन्ट अफिसर जाहिद अलीले प्रशिक्षण दिनेछन्।

कार्यक्रममा प्रशिक्षक, निर्णायक र संघका पदाधिकारी गरि ३० जना  सहभागी छन्।

कार्यक्रममा हक्कीको प्रशिक्षक तथा निर्णायकका प्राविधिक पक्षबारे प्रशिक्षण दिइनेछ। यस्तै, इभेन्ट्स म्यानेजमेन्टबारे पनि प्रशिक्षण दिइनेछ। प्रशिक्षकका भूमिकामा रहेका अली पाकिस्तानका पूर्व अन्तर्राष्ट्रिय खेलाडी समेत हुन्।

प्रशिक्षणका क्रममा हक्कीका सैद्धान्तिकसँगै प्रयोगात्मक ज्ञान पनि प्रदान गरिनेछ। नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले विशेष सामारोहबीच कार्यक्रमको उद्घाटन गरे।

त्यस अवसरमा उनले यस प्रशिक्षणबाट उत्पादन हुने जनशक्तिले नेपालमा हक्की खेलको पुनरउत्थान हुने विश्वास व्यत गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .