ad ad

खेल


सिजनको पहिलो खेलमै भेट भएका लिभरपुल र चेल्सीले अंक बाँडे

सिजनको पहिलो खेलमै भेट भएका लिभरपुल र चेल्सीले अंक बाँडे

नेपालखबर
साउन २९, २०८० सोमबार १२:५२, काठमाडौँ

इङ्लिगस प्रिमियर लिगमा चेल्सी र लिभरपुलले बराबरी गर्दै अंक बाँडेका छन्। 

आइतबार राति भएको खेलमा दुवै चेल्सी र लिभरपुलले १–१ को बराबरी गर्दै अंक बाँडेका हुन्। 

खेलको १८ औँ मिनेटमा लुइस डियाजको गोलमा लिभरपुलले गोल गर्दै सुरुवाती अग्रता बनाए पनि त्यसलाई जोगाउन नसक्दा चेल्सीसँग अंक बाँड्न बाध्य भयो।

डियाजले मोहम्मद सलाहको पासमा गोल गरेका थिए। खेलको ३७ औँ मिनेटमा चेल्सीले बराबरी गोल फर्कायो।

चेल्सीका डिफेन्डर एक्सेल डिसासीले डेब्यु खेलमा नै गोल गर्दै चेल्सीलाई बराबरीमा ल्याएका थिए। 

गएरातिकै अर्को खेलमा ब्रेन्टफर्ड र हट्सपरले २–२ को बराबरी गर्दै अंक बाँडे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .