ad ad

खेल


बायर्न गएको २४ घण्टा पनि नपुग्दै ह्यारी केनको डेब्यु, तर टोली हार्‍यो

बायर्न गएको २४ घण्टा पनि नपुग्दै ह्यारी केनको डेब्यु, तर टोली हार्‍यो

नेपालखबर
साउन २८, २०८० आइतबार ८:३०, काठमाडौँ

बायर्न म्युनिखमा आबद्ध भएको २४ घण्टा पनि नपुग्दै इङ्ल्यान्डका कप्तान ह्यारी केनले टोलीमा डेब्यु गरेका छन्। 

शनिबार राति भएको जर्मन सुपर कपमा आरबी लाइपजिगसँग बायर्न ३–० ले हारेको खेलमा केन वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका हुन्। 

शनिबार टोटनह्यामबाट १ सय मिलियन किर्तिमानी रकममा ३० केन बायर्न पुगेका हुन्। बायर्नले केनका लागि अहिलेसम्मकै कीर्तिमानी रकम खर्च गरेको हो। केन सन् २०२७ सम्म बार्यनमा नै रहनेछन्। 

लाइपजिगको जितमा ड्यानी ओल्मोले ह्याट्रिक गरेका थिए। ओल्मोले खेलका ३ र ४४ मिनेटमा गोल गरेका थिए। ६८औं मिनेटमा पेनाल्टीमा गोल गर्दै ओल्मोले ह्याट्रिक पूरा गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .