ad ad

खेल


रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा अल नासरले जित्यो अरब क्लब च्याम्पियन्स कपको उपाधि

रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा अल नासरले जित्यो अरब क्लब च्याम्पियन्स कपको उपाधि

नेपालखबर
साउन २८, २०८० आइतबार ८:४७, काठमाडौँ

पोर्चुगिज स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा अल नासारले अरब क्लब च्याम्पियन्स कप २०२३ को उपाधि जितेको छ। 

शनिबार राति किङ पद स्टेडियममा भएको फाइनलमा अल नासारले अतिरिक्त समयमा अल हिलालविरुद्ध २–१ को कठिन जित हासिल गर्दै उपाधि हात पारेको हो। 

च्याम्पियन अल नासारको जितमा कप्तान रोनाल्डोले दुई गोल गरे। अल हिलालका माइकलले गरेको गोल सान्त्वना बन्न पुग्यो। 

खेलको ५१औं मिनेटमा माइकलको गोलमा अल हिलाले सुरुवाती अग्रता बनाए पनि त्यसलाई जोगाउन नसक्दा हार भोग्न बाध्य भयो। 

खेलको ७०औं मिनेटमा अल नासार १० खेलाडीमा समेटिएको थियो। अब्दुल्लाह अल एम्रीले सिधै रातो कार्ड खाँदै मैदान छाडेका थिए। 

खेलको ७४औं मिनेटमा रोनाल्डोको गोलमा अल नासार खेलमा फर्किएको थियो। 

जितका लागि सर्घष गरिरहेको अल नासारका वैकल्पिक खेलाडी नवाफ बौसल पनि रातो कार्ड खाँदै मैदान छाडेपछि टोली दबाबमा परेको थियो। 

निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा रोनाल्डोले गोल गर्दै टोलीलाई पुनरागमन जित दिलाए। त्यसको केही समयपछि चोटका कारण रोनाल्डोले मैदान छाडेका थिए। रोनाल्डोले समूह चरण बाहेकका सबै खेलमा गोल गरेका छन्। 

अल नासारले सन् २०२१ को डिसेम्बरपछि पहिलोपटक अन हिलाललाई हराएको हो। 

रोनाल्डोको कप्तानीमा रहेको अल नासारले साउदी प्रो लिगको नयाँ सिजनको पहिलो खेलमा सोमबार अल इटिफकसँग खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .