इङल्यान्डका कप्तान ह्यारी केन जर्मन क्लब बायर्न म्युनिख जाने पक्का भएको छ।
इङ्लिस क्लब टोटनह्यामले कीर्तिमानी मूल्यमा बेच्न सहमत भएपछि ३० वर्षीय स्ट्राइकरल अब बायर्न म्युनिखबाट नयाँ सिजनमा खेल्नेछन्।
बायर्न र स्पर्सले बिहीबार ३० वर्षीय केनका लागि १ सय मिलियन युरोभन्दा बढीको सम्झौतामा सहमति जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
दुई क्लबबीचको यो सहमतिपछि बायर्न जाने वा नजाने निर्णयको अधिकार केनलाई नै दिइएको छ।
केन टोटनह्यामका सबै समयमा सर्वाधिक गोलकर्ता हुन्। उनले ४ सय ३५ खेलमा २ सय ८० गोल गरेका छन्।
केन र टोटनह्यामको सम्झौता १ वर्षमात्रै बाँकी थियो। उनले टोटनह्याममा रहँदा सर्वाधिक गोलकर्ता भए पनि कुनै उपाधि जित्न सकेनन्।
आगामी सिजन केनलाई सित्तैमा छाड्न स्पर्स सहमत थिएन। केनले टोटनह्याम छोड्ने निर्णय गरेमा उनी यो सिजन बायर्न पुग्ने चौथो खेलाडी हुनेछन्।
Shares

प्रतिक्रिया