ad ad

खेल


नेदरल्यान्ड्सलाई हराउँदै स्पेन पहिलोपटक फिफा महिला विश्वकपको सेमिफाइनलमा

नेदरल्यान्ड्सलाई हराउँदै स्पेन पहिलोपटक फिफा महिला विश्वकपको सेमिफाइनलमा

नेपालखबर
साउन २६, २०८० शुक्रबार ११:५३, काठमाडौँ

विङगर सलमा पारालुलोको निर्णायक गोलमा नेदरल्यान्ड्सलाई हराउँदै स्पेन पहिलोपटक फिफा महिला विश्वकपको सेमिफाइनलमा पुगेको छ। 

वेलिंगटन रिजनल स्टेडियममा शुक्रबार भएको क्वार्टरफाइनलमा नेदरल्यान्ड्सलाई २–१ गोल अन्तरले हराउँदै स्पेन अन्तिम चारमा पुगेको हो। 

खेलको ७१औं मिनेटमा अल्बा रेडोन्डोको स्थान लिँदै मैदान प्रवेश गरेकी सलमाले १ सय ११औं मिनेटमा निर्णायक गोल गरेपछि स्पेन टच टोलीलाई हराउँदै महिला विश्वकपको सेमिफाइनलमा पुगेको हो। 

खेलको ८१औं मिनेटमा मारियोना क्याल्डेन्टीले पेनाल्टीमा गोल गर्दै सुरुवाती अग्रता दिलाएकी थिइन्। 

खेलको इन्ज्युरी समयमा स्टेफनी भान डर ग्राग्टले गोल गर्दै नेदरल्यान्ड्सलाई बराबरी गोल फर्काएकी थिइन्।

सन् २०१९ को उपविजेता नेदरल्यान्ड्सले भने योपटक अन्तिम ८ सम्मको यात्रा मात्र तय गर्न सफल भयो। 

सेमिफाइनलमा स्पेनले जापान र स्विडेनबीचको विजेतासँग मगंलबार खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .