डेनमार्कलाई पराजित गर्दै फिफा महिला विश्वकपको सह आयोजक अष्ट्रेलिया क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
अष्ट्रेलिया ८ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा पुगेको हो।
स्टेडियम अष्ट्रेलिया सिड्नीमा सोमबार भएको प्रि–क्वार्टरफाइनलमा डेनमार्कलाई २–० गोल अन्तरले हराउँदै अष्ट्रेलिया अन्तिम आठमा पुगेको हो।
अष्ट्रेलियाको जितमा केटलिन फुर्ड र हेले रासोले एक एक गोल गरे।
पहिलो हाफमा एक गोल गरेको अष्ट्रेलियाले दोस्रो हाफमा एक गोल थप्यो।
खेलको २९औं मिनेटमा केटलिन फुर्डको गोलमा अष्ट्रेलियाले सुरुवाती अग्रता बनाएको थियो।
७१औं मिनेटमा हेले रासोले गोल गर्दै अष्ट्रेलियाको अग्रता दोब्बर पार्दा आयोजक टोलीले सहज जित निकालेको हो।
अष्ट्रेलियाले अब सेमिफाइनल प्रवेशका लागि अन्तिम आठमा फ्रान्स र मोरोक्कोबीचको विजेतासँग खेल्नेछ।
प्रतिक्रिया