ad ad

खेल


महिला क्रिकेट टोलीलाई पहिलोपटक विदेशी प्रशिक्षक

महिला क्रिकेट टोलीलाई पहिलोपटक विदेशी प्रशिक्षक

फाइल तस्बिर : देविका पाल्शिकर


नेपालखबर
साउन २१, २०८० आइतबार १०:४९, काठमाडौँ

भारतीय पूर्व महिला क्रिकेटर देविका पाल्शिकर नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षकमा नियुक्त भएकी छन्। 

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी अगस्ट र सेप्टेम्बरमा मलेसियामा हुने आईसीसी वुमन्स विश्वकप टी २० एसिया क्षेत्र छनोटका लागि देविकालाई ब्याटिङ प्रशिक्षकमा नियुक्त गरेको हो। क्यानले महिला टोलीका लागि पहिलोपटक विदेशबाट प्रशिक्षक ल्याएको हो। 

देविकाले भारतबाट एक टेस्ट र १५ ओडीआई खेलेकी छन्। 

भारतीय क्रिकेट बोर्डले गत वर्ष आयोजना गरेको वुमन्स प्रिमियर लिगमा देविकाले मुम्बई इन्डियन्सको टोलीमा ब्याटिङ प्रशिक्षकका रुपमा काम गरेकी थिइन्। 

टी २० विश्वकप छनोटका लागि नेपालले यसअघि नै २४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरिसकेको छ।

विश्वकप टी २० एसिया छनोट अगस्ट ३१ देखि सेम्टेम्बर ९ सम्म मलेसियामा हुनेछ। 

नेपाल रहेको समूह ए मा आयोजक मलेसियासँगै बहराइन, भुटान, कतार र यूएई छन्। 

समूह बीमा चीन, हङकङ, कुवेत, थाइल्यान्ड र म्यानमार छन्। समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। फाइनलमा पुग्ने दुई टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछ।

ग्लोबल महिला टी २० विश्वकपमा आयोजक श्रीलंका र आयल्यान्डसँगै पाँच क्षेत्रिय छनोटबाट आउने आठ टोलीसँगै कूल १० टोलीले खेल्नेछन्। त्यसका शीर्ष दुई टोलीले बंगलादेशमा हुने विश्वकपमा स्थान बनाउनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .