चीनको हाङ्झाउमा हुने १९ औं एशियन गेम्स्मा नेपाली राष्ट्रिय महिला भलिबल टोली कठिन समूहमा रहेको छ।
समूह विभाजनमा नेपाल, दक्षिण कोरिया र भियतनाम रहेको समूह ‘सी’ मा रहेको छ।
एशियाली वरियतामा कोरिया चौथो र भियतनाम छैटौं स्थानमा रहेको छ। नेपालले भलिबल इतिहासमा सबैभन्दा शीर्ष वरियताको कोरियासँग पहिलोपटक खेल्न लागेको हो।
नेपाली महिला टोली अहिले बेल्जियम प्रशिक्षक जान डे ब्रान्टसँग प्रशिक्षण गरिरहेका छन्।
एशियन गेम्स खेल्ने महिला टोली अरुणा शाही (कप्तान), सरस्वती चौधरी, प्रतिभा माली, सलिना श्रेष्ठ, सफिया पुन, पुनम चन्द, उषा भण्डारी, कामना विष्ट, कविता भट्ट, जानकी भण्डारी, संगम महतो, निरुता ठगुन्ना।
24
Shares
प्रतिक्रिया