ad ad

खेल


महिला विश्वकप : आयोजक न्युजिल्यान्डको विजयी सुरुवात

महिला विश्वकप : आयोजक न्युजिल्यान्डको विजयी सुरुवात

नेपालखबर
साउन ४, २०८० बिहिबार १५:१६, काठमाडौँ

महिला विश्वकप २०२३ मा आयोजक न्युजिल्यान्डले विजयी सुरुवात गरेको छ।  

बिहीबार इडेन पार्कमा भएको विश्वकपको पहिलो खेलमा घरेलु टोली न्युजिल्यान्डले नर्वेलाई १-० गोल अन्तरले हराउँदै विजयी सुरुवात गरेको हो। 

खेलको ४८औं मिनेटमा ह्याण्डको पासमा विल्किन्सले गोल गर्दै घरेलु टोलीलाई पहिलो जित दिलाएकी हुन्। 

समूह ए मा रहेको न्युजिल्यान्डलाई नर्वेले पहिलो हाफमा गोलरहित बराबरीमा रोकेपनि दोस्रो हाफमा सम्हालिन सकेन। 

खेलको ८७औं मिनेटमा न्युजिल्यान्डले पेनाल्टी अवसरको सदुपयोग गर्न नसक्दा अग्रता दोब्बर पार्ने मौका गुमायो। रिया पर्सिभलको पेनाल्टी अवसर सदुपयोग गर्न सकीनन्। जितसँगै घरेलु टोली न्युजिल्यान्ड समूह ए को शीर्ष स्थानमा छ। 

विश्वकपको पहिलो खेल हेर्नका लागि इडेन पार्कमा ४२ हजार दर्शक उपस्थित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

आजै हुने समूह बी को खेलमा विश्वकप आयोजक अष्ट्रेलियाले रिपब्लिक अफ आयरल्यान्डसँग खेल्नेछ। खेल स्टेडियम अष्ट्रेलियामा हुनेछ।

आयरल्यान्डविरुद्धको खेलमा अष्ट्रेलियाकी स्टार खेलाडी समर केर टोली बाहिर रहनेछिन्। चोटका कारण समर केरले आयरल्यान्डविरुद्धको खेल गुमाउने भएकी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .