ad ad

खेल


डिशहोमको सहयोगमा ‘एफआईडीई’ चेस वर्ल्ड कपमा रुपेश जैसवाल सहभागी हुँदै

डिशहोमको सहयोगमा ‘एफआईडीई’ चेस वर्ल्ड कपमा रुपेश जैसवाल सहभागी हुँदै

नेपालखबर
साउन ४, २०८० बिहिबार १४:५, काठमाडौँ

डिशहोमले नेपालका प्रतिभाशाली राष्ट्रिय चेस खेलाडी रुपेश जैसवाललाई प्रायोजन गर्ने भएको छ।

स्थानीय प्रतिभालाई बढावा दिन र चेसको खेललाई प्रवर्द्धन गर्नका लागि डिशमिडिया नेटवर्क लिमिटेडले प्रतिष्ठित ‘एफआईडीई’ चेस वल्र्ड कप २०२३ मा प्रतिनिधित्व गर्ने तयारीमा रहेका जैसवाललाई प्रायोजन गर्ने भएको हो।

‘एफआईडीई’ चेस वल्र्ड कप २०२३ बाकु, अजरबैजानमा, ३० जुलाई देखि २४ अगस्टसम्म हुँदै छ।

विश्वभरका शीर्ष चेस खेलाडीहरू प्रतिस्पर्धा गर्ने प्रतियोगितामा रुपेश जैसवालको यात्राले डिश मिडिया नेटवर्कका लागि प्रतिभाशाली व्यक्तिहरूको लागि समर्थन प्रदान गर्ने र आफ्नो ब्रान्डलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवद्र्धन गर्ने अवसरको रुपमा लिएको कम्पनीको भनाई छ।

कम्पनीले जैसवाललाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोष मार्फत ‘एफआईडीई’ चेस विश्व कप २०२३ मा सहभागी हुन आवश्यक आर्थिक सहयोग गर्ने छ।

कम्पनीको यो प्रयासले स्थानीय प्रतिभालाई सशक्तिकरण गर्ने र नेपालमा चेस खेलको विकासमा योगदान पु‍र्याउने विश्वास लिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .