नेपाली राष्ट्रिय टिमका लेगस्पिनर सन्दीप लामिछाने क्यानडा प्रस्थान गरेका छन्। ग्लोबल टी २० का लागि सरे जगुआरमा आवद्ध लामिछाने मंगलबार क्यानडा प्रस्थान गरेको उनका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले बताए।
मुद्दाको अन्तिम सुनुवाइ एक महिनापछि हुने भएपछि सन्दीपको क्यानडा यात्रा तय भएको हो। सन्दीपविरुद्धको बलात्कार मुद्दाको सुनुवाइका लागि साउन ३२ गते पेसी तोकिएको छ। शुक्रबार जिल्ला अदालत काठमाडौंमा उपस्थित भएर सन्दीपले तारेख बुझेका थिए।
क्यानडाबाट फर्किएपछि उनको मुद्दामा फाइनल सुनुवाइ हुनेछ। जसअनुसार सन्दीपले १ देखी २२ साउनसम्म क्यानडा जाने जानकारी अदालतलाई गराएका छन्।
उनको मुद्दाको अन्तिम सुनुवाइको पेसी ३२ साउनका लागि तोकिएको छ। ग्लोबल टी-२० को तेस्रो संस्करण यही जुलाई २१ देखि अगस्ट ६ सम्म हुनेछ। जसमा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
शीर्ष चार टोली प्लेअफका लागि छनोट हुनेछन्। अगस्ट ४ देखि ६ सम्म प्लेअफका खेल सञ्चालन हुनेछन्।
सन् २०१८/२०१९ पछि यो प्रतियोगिता अहिले सञ्चालन हुन लागेको हो।
सन्दीप अदालतमा मुद्दाको पेसी ग्लोबल टी ट्वान्टी खेल्नकै लागि एसीसी इमर्जिङ खेल खेल्नका लागि श्रीलंका गएका थिएनन्। उनी सम्मिलित टोलीले जुलाइ २२ मा पहिलो खेल खेल्दैछ।
Shares

प्रतिक्रिया