ad ad

खेल


मैत्रीपूर्ण महिला फुटबल- पहिलो खेलमा बराबरीमा रोकेको बंगलादेशलाई नेपालले आज जित्ला?

मैत्रीपूर्ण महिला फुटबल- पहिलो खेलमा बराबरीमा रोकेको बंगलादेशलाई नेपालले आज जित्ला?

नेपालखबर
असार ३१, २०८० आइतबार ८:३२, ढाका

बंगलादेशमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले घरेलु टोलीसँग आज (आइतबार) दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ। 

महिला फुटबलअन्तर्गत नेपाल र बंगलादेशबीच दोस्रो मैत्रीपूर्ण प्रतिस्पर्धा ढाकाको कमलपुरस्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा साँझ सवा ५ बजे सुरु हुनेछ। 

पहिलो खेलमा बंगलादेशलाई बराबरीमा रोकेको नेपाल दोस्रो खेलमा जितका साथ स्वदेश फर्कन चाहन्छ। उता ब‌ंगलादेश भने गत भदाैमा साफ च्याम्पियनसिपमा घरेलु मैदानमै नेपालविरुद्ध गरेको जितको लयलाई कायम राख्ने योजनामा छ। 

दोस्रो मैत्रीपूर्ण खेलअघि नेपाली टोलीका मुख्य प्रशिक्षक अनन्त राज थापाले आफूहरू जित्नेमा आशावादी रहेको बताए। पहिलो खेल बराबरीमा सकिए पनि आजको खेलमा आक्रामक खेल प्रस्तुत गर्दै जित हासिल गर्ने योजनामा आफूहरु रहेको उनको भनाइ छ। तर मौसमका कारण केही असहज हुनसक्ने उनले सुनाए। 

बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई एक/एकको बराबरीमा रोकेको थियो। खेलको अतिरिक्त समयमा सावित्रा भण्डारीको गोलमा नेपाल हारबाट जोगिएको थियो। 

आज हुने दोस्रो खेलमा नेपाली टोली एञ्जिाला तुम्बाप्पो सुब्बाको कप्तानीमा मैदान उत्रनेछ। पहिलो खेलमा प्लेइङ लिस्टमा एञ्जिालालाई कप्तान बताइए पनि मैदानमा रेनुका नगरकोटेले कप्तानी गरेकी थिइन्। 

हेड टु हेड 
नेपाल र बंगलादेश यसअघि १० पटक आमनेसामने भइसकेका छन्। ती भेटमा नेपालले ६ खेल जितेको छ भने तीन खेल बराबरीमा टुंगिएका छन्। एक खेल भने बंगलादेशले जितेको छ। 

गत भदौमा घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग ३–१ गोल अन्तरले हारेको थियो।

नेपाल पहिलोपटक बगंलादेशसँग पराजित हुँदा घरेलु मैदानमा साफको उपाधि जित्ने ऐतिहासिक अवसरबाट चुकेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .