ad ad

खेल


महरेजको साउदी जाने इच्छा

महरेजको साउदी जाने इच्छा

नेपालखबर
असार २१, २०८० बिहिबार १४:८, काठमाडौँ

म्यानचेष्टर सिटीका फरवार्ड रियाद महरेज साउदी अरेबिया प्रस्थान गर्ने तयारीमा छन्।

सिटी छाडेर महरेज अब अल–अहली आउन सक्ने सम्भावना छ।

महरेज साउदी जान चाहेसँगै सिटीसँग उनको विवाद पनि बढिरहेको छ। अन्तर्राष्ट्रिय खेल सञ्चारमाध्यमका अनुसार अल्जेरिया इन्टरनेसनलले साउदी अरबको लगानी कोष (पीआइएफ) सँग साउदी प्रो लिगमा सार्नका लागि सम्झौता गरिसकेको छ।

सम्झौतामा प्रतिवर्ष लगभग २५ मिलियन युरो पाउने सम्झौता छ। तर महरेजको यो इच्छामा सिटीको अनुमतिमा पनि निर्भर पर्नेछ। सिटी र महरेजको सम्झौता २०२५ सम्मको रहेको छ।

महरेज सिटीसँग राम्रो सम्बन्ध कायम गर्न चाहान्छन् र जबरजस्ती कदम चाल्न पनि चाहँदैनन्।

क्लबले उनलाई साउदी जानका लागि सहज वातावरण बनाउनेमा भने महरेज विश्वस्त छन्।

सिटीको रेकर्ड–ब्रेकिङ सिजनमा उत्कृष्ट प्रर्दशन गरेका महरेजले २०२२–२३ मा प्रिमियर लिग, एफए कप र च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .