ad ad

खेल


नरेनको विष्फोटक ब्याटिङ र अभिषेकको घातक बलिङमा नेपाललाई यू-१६ उपाधि

नरेनको विष्फोटक ब्याटिङ र अभिषेकको घातक बलिङमा नेपाललाई यू-१६ उपाधि

नेपालखबर
असार १९, २०८० मंगलबार ११:४१, काठमाडौँ

नरेनको विष्फोटक ब्याटिङ र अभिषेक तिवारीको घातक बलिङमा नेपाली युवा टोलीले मलोसियामा सम्पन्न एसीसी यू–१६ इष्ट जोनको उपाधि जितेको छ। 

मंगलबार भएको फाइनलमा घरेलु टोली मलेसियालाई २ सय २१  रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले उपाधिमाथि कब्जा गरेको हो।  

यससँगै नेपालले सीसी यू–१६ इष्ट जोनको उपाधिमाथि ह्याट्रिक गरेको छ। यसअघि नेपालले सन् २०१७,२०१९ को उपाधि उचालेको थियो। कोरोनाका कारण बितेका ३ वर्ष उक्त प्रतियोगिता हुन सकेको थिएन।

नेपालले दिएको २ सय ५३ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया १४.५ ओभरमा ३१ रनमा अलआउट भयो। 

मुहम्मद अक्रमले बनाएको १० रन नै मलेसियाका लागि सर्वाधिक रह्यो। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

मलेसियालाई कम स्कोरमा रोक्न अभिषेक तिवारी एक्लैले पाँच विकेट लिए। ६ ओभर बलिङ गरेका अभिषेकले १ मेडन राख्दै मात्र ७ रन दिए। सन्तोष यादवले ३ विकेट झारे। ३ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै ९ रन खर्चे। सागर गैरे र अशोक धामीले समान १ विकेट आफ्नो नाममा गरे। 

त्यसअघि बायोमास ओभल मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २ सय ५२ रनको विशाल योगफल तयार पारेको थियो। 

नरेनको विष्फोटक ब्याटिङमा नेपालले मलेसियालाई विशाल लक्ष्य दिएको थियो। ८९ बलको सामना गरेका नरेनले १० चौका र २ छक्का मद्दतमा १ सय १२ रनको पारी खेले। 

पाँचौँ विकेटका लागि नरेन र सन्तोष यादवले १ सय ३ रनको साझेदारी गरे। सन्तोषले २९ बलमा २६ रन थपे। 

त्यसअघि दोस्रो विकेटका लागि ओपनर निरज कुमार यादव र नरेनले ५५ रनको साझेदारी गरेका थिए। पहिलो विकेटका लागि ओपनर निरज र सुर्याशु कोइरालाले ४१ रनको साझेदाी गर्दै नेपालले उत्कृष्ट सुरुवात दिलाएका थिए। 

निरजले ४८ बलमा ४७ रनको योगदान दिए। सुर्यांशुले १८ र सन्तोष यादवले २६ रन थपे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .