ad ad

खेल


एसीसी इस्ट जोन कपको सेमिफाइनल : नेपालद्वारा सिंगापुरसामु १८५ रनको लक्ष्य प्रस्तुत

एसीसी इस्ट जोन कपको सेमिफाइनल : नेपालद्वारा सिंगापुरसामु १८५ रनको लक्ष्य प्रस्तुत

नेपालखबर
असार १८, २०८० सोमबार १०:५४, काठमाडौँ

एसीसी इस्ट जोन कपको सेमिफाइनलमा नेपालले सिंगापुरसामु १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ८५ रनको योगफल तयार पारेको थियो। 

ओपनर निरज यादव ४२ र सुर्यांशु कोइरालाले ४३ रनको योगदान दिए। 

पहिलो विकेटका लागि यादव र कोइरालाले ११.३ ओभरमा ६३ रनको साझेदारी गरे। 

कप्तान अभिषेक तिवारी २५ रनमा आउट भए।

मध्यक्रमका ब्याटर सन्तोष यादवले १८, प्रतीक भट्टराईले १२ रन थपे। 

दीपुकुमार १२, कृतिक कामत ५ र प्रतीक पोखरेल ३ रनमा पवेलियन फर्के। 

सिंगापुरका हरिहरन एक्लैले ३ विकेट लिए। हर्ष वेंकटराम र कबिरले समान २ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .