ad ad

खेल


आर्सनलले भित्र्यायो चेल्सीका फरवार्ड

आर्सनलले भित्र्यायो चेल्सीका फरवार्ड

नेपालखबर
असार १४, २०८० बिहिबार १०:३२, काठमाडौँ

आर्सनलले जर्मन फरवार्ड काई हाभर्टजलाई चेल्सीबाट आफ्नो क्लबमा भित्र्याएको छ।

२४ वर्षीय हाभर्टजलाई आर्सनलले पाँच वर्षका लागि ६५ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो। 

बायर लेभरकुसेनबाट ७१ मिलियन पाउन्डमा सामेल भएपछि उनले स्ट्यामफोर्ड ब्रिजमा तीन वर्ष बिताएका थिए। 

गत सिजन चेल्सीका लागि ९ गोल गरेका हाभर्टजको शुल्क एड-अनसँग बढ्न सक्नेछ। 

हाभर्टजले प्रिमियर लिगका ९१ खेलमा १९ गोल गरेका छन्। सन् २०२१ च्याम्पियन्स लिगको फाइनलमा म्यानचेस्टर सिटीविरुद्धको खेलमा उनले निर्णायक गोल गरेका थिए। 

६ वर्षपछि च्याम्पियन्स लिगमा स्थान बनाएको आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाले टोलीलाई बलियो बनाउन लागेका छन्। 

आर्सनलमा अनुबन्ध भएपपछि हाभर्टजले सामाजिक सञ्जालमार्फत चेल्सीका समर्थकसँग बिदा मागेका थिए। 

उनले लेखेका छन्, ‘समर्थनका लागि तपाईंहरू सबैलाई धेरै-धेरै धन्यवाद, हामीले सँगै च्याम्पियन्स लिग जित्ने सपना पूरा गर्‍यौँ।’

आफ्नो स्थानान्तरणको घोषणापछि हाभर्टजले आफ्नो नयाँ क्लबसँग ट्रफी जित्ने लक्ष्य रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .