ad ad

खेल


आईसीसी विश्वकप छनोट : नेपालले कटायो सय रन, ६ विकेटको क्षति

आईसीसी विश्वकप छनोट : नेपालले कटायो सय रन, ६ विकेटको क्षति

नेपालखबर
असार ९, २०८० शनिबार १५:१४, काठमाडौँ

आईसीसी विश्वकप छनोट अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपाली टोलीले १ सय रन कटाएको छ।  नेपालले ३३ ओभरको समाप्तीमा ६ विकेट गुमाएर १ सय २० रन बनाएर खेलिरहेको छ।

अहिले त्रिजमा दिपेन्द्र सिंह ऐरि १२ र गुलसन झा ० रनमा नटआउट छन्।  

२५.२ ओभरमा १९ बलमा १ छक्का हान्दै १२ रन बनाएका कुशल मल्ल आर्यन दत्तको बलमा क्याच आउट भए। १८.१ ओभरमा ५६ बल खेलेका भिम सार्की १ चौका मद्धतमा २२ रन बनाउँदा क्याच आउट भए। आरिफ शेख १६.१ ओभरमा विक्रमजित सिंहको बलमा भ्यान बेकको हातबाट क्याच आउट भए। 

तेस्रो ओभरको दोस्रो बलमा ओपनर आशिफ शेखलाई गुमाएको थियो। शेख खेल लोगान भ्यान बेकको बलमा शुन्य रनमा बोल्ड आउट भए। दोस्रो विकेटका रुपमा ओपनर कुशल भु्र्तेललाई २७ रनमा गुमायो। १४.५ ओभरमा ४२ बलमा २ चौका हान्दै २७ रन बनाएका कुशल विक्रम जित सिंहको बलमा विकेट किपरको हातबाट क्याच आउट भए। 

सुपर सिक्समा पुग्न नेपालले आजको खेलमा नेदरल्यान्ड्सलाई हराउनै पर्छ। आजको खेलमा पराजित भए नेपाल समूह चरणबाटै बाहिरिनेछ। नेपाल र नेदरल्यान्ड्समध्ये १ टोलीले सुपर सिक्समा स्थान बनाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .