ad ad

खेल


विश्वकप छनौटको अन्तिम खेलअघि नै अमेरिका समूह चरणबाटै बाहिरियो

विश्वकप छनौटको अन्तिम खेलअघि नै अमेरिका समूह चरणबाटै बाहिरियो

नेपालखबर
असार ७, २०८० बिहिबार २१:३७, काठमाडौँ

अमेरिका आईसीसी विश्वकप छनोटमा नेदरल्यान्ड्ससँग ५ विकेटले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ। अन्तिम खेलमा जिम्बाब्वेको सामना गर्नु अघि नै उसको यात्रा टुंगिने निश्चित बनेको हो।

पहिलो खेलमा वेष्ट इन्डिजसँग पराजित भएको अमेरिका त्यसपछि नेपाल र नेदरल्यान्ड्ससँग पराजित भएको हो। समूहमा जिम्बाब्वे र वेष्ट इन्डिजको समान ४ अंक हुँदा नेपाल र नेदरल्यान्ड्सको दुई अंक छ।

यी दुई टोलीबीचको बिजेता पनि सुपर सिक्समा पुग्ने निश्चित भएकाले अमेरिकाको सम्भावना सकिएको हो।

बिहीबार नेदरल्यान्ड्सलाई अमेरिकाले जितको लागि २ सय १२ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

नेदरल्यान्ड्सले ४३.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो। नेदरल्यान्ड्सका कप्तान स्कट एड्वाड्र्स ६० बलमा ६ चौकासहित नटआउट ६७ रनको योगदान गरे। तेजा निडामानुरुले ५८ रन जोडे।
अमेरिकाका लागि जेसी सिंहले दुई तथा अली खान, सौरभ नेत्रवालकर र नोष्तुश केन्जिगेले समान एक विकेट लिए।

टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ११ रन बनाएको थियो । अमेरिकाका शायन जहांगिरले ८६ बलमा सर्वाधिक ७१ रनको जोडे।

जेसी सिंह ३८ रनमा आउट हुँदा गजानन्द सिंह ३३, स्टिभ टेलर र साइतेजा मुक्कामल्लाले समान १० रन बटुले।

नेदरल्यान्ड्सका रायन केलीन र बास डि लिडेले समान दुई विकेट लिँदा लोगन भान विक, अर्यान दत्त, विक्रमजित सिंह र फ्लोडले समान एक विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .