ad ad

खेल


पेरिस ओलम्पिकको मुख्यालयमा प्रहरीको छापा

पेरिस ओलम्पिकको मुख्यालयमा प्रहरीको छापा

नेपालखबर
असार ६, २०८० बुधबार ११:१२, काठमाडौँ

फ्रान्सेली प्रहरीले पेरिस ओलम्पिक २०२४ खेलका आयोजकको मुख्यालयमा छापा मारेको छ। 

निमार्ण ठेक्काको एट्रिब्युसनमा पक्षपात र सार्वजनिक पैसाको दुरुपयोगको आरोप लागेपछि प्रहरीले आयोजक समितिको कार्यालमा मंगलबार छापा मारेको समितिका प्रवक्ताले पुष्टि गरेका छन्। 

अधिकारीहरूका अनुसार छापा प्रारम्भिक भ्रष्टाचारको अनुसन्धानको एक हिस्सा हो। 

पेरिसको सेन्ट–डेनिसमा रहेको आयोजक समितिको मुख्यालय र खेलका लागि परियोजनाहरु निमार्ण गर्ने सार्वजनिक निकायमा पुगेका थिए। 

वित्तिय अपराध ट्रयाक गर्न जिम्मेवार फ्रान्सेली न्यायिक संगठनले अनुसन्धानका लागि धेरै स्थानमा अनुसन्धान भइरहेको जनाएको छ। 

अनुसन्धानकर्ताहरूसँग आफुहरुले पुर्णरुपमा सहकार्य गरिरहेको पेरिस २०२४ का आयोजक समितीका प्रवक्ताले बताएका छन्। 

अनुसन्धानकर्ताहरुले कार्यालयबाट कागजातहरु संकलन गरिरहेको छन्। छापाहरु दुइ प्रारम्भिक अनुसन्धानमा सम्झौता र सार्वजनिक कोषको वित्तिय अनियमिततामा बाधिएको थियो। 

पेरिस ओलम्पिक २०२४ को २६ जुलाइदेखि ११ अगष्टसम्म र पारा ओलम्पिक सेप्टेम्बरमा हुँदैछ। 

यसअघि फ्रान्सको राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष ब्रिजिट हेनरिकेसले धेरै खेल विशेषज्ञलाई चकित पार्ने गरि राजिनामा दिएका थिए। हेनरिकको निर्णयका लागि कुनै कारण दिइएको छैन तर यो संगठनमा विवादका बीच आएको थियो। 

यो वर्षको सुरुवातमा फ्रान्सको फुटबल र रग्बी संघका प्रमुखहरुले विभिन्न स्क्यान्डल आएपछि पद छाड्न परेको थियो। 

फ्रेन्च फुटबल महासंघका अध्यक्ष नोएल ले ग्रेटले संस्थाप्रतिको घृणित प्रतिवेदन र यौन उत्पीडनको आरोपपछि राजिनामा दिएका थिए। 

यस्तै फ्रान्सेली रग्बीका प्रमुख बर्नार्ड लापोर्टेलाई भ्रष्टाचारको आरोपमा दुइ वर्षको निलम्बन र जेल सजाय सुनाइएको थियो। त्यसको केही समयमा नै उनले विश्व रग्बी महासंघको उपाध्यक्ष पदबाट राजिनाका दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .