ad ad

खेल


नेपालले ओमानलाई हरायो

नेपालले ओमानलाई हरायो

नेपाली राष्ट्रिय क्रिकेट टोली (फाइल तस्बिर)


नेपालखबर
जेठ ३२, २०८० बिहिबार २१:३९, काठमाडौँ

आईसीसी विश्वकप एकदिवसीय छनोटको आफ्नो अन्तिम अभ्यास खेलमा नेपालले ओमानलाई पराजित गरेको छ।

जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा आज भएको खेलमा नेपालले ओमानलाई दुई विकेटले पराजित गरेको हो। ओमानले दिएको २६८ रनको लक्ष्य नेपालले ४४ दशमलव ५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो।

नेपालका कुशल भुर्तेलले सर्वाधिक १०१ रनको योगदान दिए। उनले ९४ बल खेल्दै १३ चौका र २ छक्काको मद्दतमा उक्त रन बनाए। यस्तै नेपालका अर्का खेलाडी आसिफ शेखले २४ बलमा २३ रन बनाए। 

भीम सार्कीले ७४ बलमा ५६, कप्तान रोहितकुमार पौडेलले २८ बलमा ३१ र दीपेन्द्रसिंह ऐरीले २२ बलमा २६ रन जोडे। कुशल मल्ल १७ रनमा आउट भए। 

ओमानका लागि अकिब ईलियासले ४ र फैयाज बटले २ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमान ४९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै २६७ रन बनाएको थियो। ओमानका लागि कप्तान जिशान मकसुदले १०६ बलमा १०९ रनको शतकीय इनिङ खेले। त्यस्तै सोयब खानले ६८ बलमा ३८ रन बनाए।

नेपालका लागि सोमपाल कामीले ५ विकेट लिए भने सन्दीप लामिछानेले ३ विकेट झारे। करण केसी र प्रतिश जिसीले समान १/१ विकेट लिए। एक दिवसीय विश्वकप छनोट खेल आगामी असार ३ गतेदेखि जिम्बावेमा सुरु हुँदैछ। 

विश्वकप छनोटको पहिलो खेलमा नेपालले असार ३ गते घरेलु टोली जिम्बावेसँग खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .