ad ad

खेल


फिलिपिन्सविरुद्ध नेपाली टोलीको घोषणा, लाकेन र विमलको डेब्यु

फिलिपिन्सविरुद्ध नेपाली टोलीको घोषणा, लाकेन र विमलको डेब्यु

नेपालखबर
जेठ ३२, २०८० बिहिबार १६:५७, काठमाडौँ

फिलिपिन्सविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलका लागि नेपाली टोलीको घोषणा भएको छ। 

टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले घोषणा गरेको टोलीमा मिडफिल्डर लाकेन लिम्बु र डिफेन्डर विमल पाण्डेले राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गर्ने भएका छन्। 

खेल अपरान्ह पौने पाँच बजे सुरु हुनेछ। नेपाली टोलीको डिफेन्स लाइन सनिश श्रेष्ठ, अनन्त तामाङ र रोहित चन्दले सम्हालेछन्।

मिडफिल्डमा लाकेनलाई एरिक विष्ट र पुजन उपरकोटीले साथ दिदा आक्रमणको जिम्मा नवयुग श्रेष्ठ, अन्जन विष्ट र आयुष घलानलाई दिइएको छ। 

नेपाली टोलीको गोलपोस्ट कप्तान किरण चेम्जोङले सम्हाल्नेछन्। 

थ्री स्टारबाट ए डिभिजन लिग खेलेका लाकेन फिलिपिन्सविरुद्ध सुरुवाती ११ मा स्थान बनाउँदै राष्ट्रिय टोलीमा डेब्यु गर्न लागेका हुन्। आक्रमण र डिफेन्समा पनि उत्तिकै सक्रिय लाकेन छोटो समयमा नै सिनियर टोलीमा परेका हुन्। 

त्रिभुवन आर्मी फुटबल क्लबका सेन्टर डिफेन्समा खेल्दै आएका विमल सुरुवाती ११ मा पर्दै डेब्यु गर्न लागेका हुन्। उनले यो सिजन आर्मीका लागि ११ खेल खेलेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .