खेल


म्यानचेस्टर सिटीले पहिलोपटक जित्यो च्याम्पियन्स लिगको उपाधि

एकै सिजन तीन उपाधि जित्ने कीर्तिमान
म्यानचेस्टर सिटीले पहिलोपटक जित्यो च्याम्पियन्स लिगको उपाधि

नेपालखबर
जेठ २८, २०८० आइतबार २:५६, काठमाडौँ

इङ्लिस क्लब म्यानचेस्टर सिटीले पहिलोपटक युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको छ।

यसका साथै सिटीले एकै सिजन तीन उपाधिको कीर्तिमान पनि बनाएको छ। सिटीले यो सिजनमा इङ्लिस प्रिमियर लिग, एफए कप र च्याम्पियन्स लिगको उपाधि चुमेको छ।

अर्काेतिर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले पनि तीन पटक च्याम्पियन्स लिगको उपाधि चुम्ने कीर्तिमान बनाएका छन्। सिटी एकै सिजन ती उपाधि जित्ने आठौं टिम पनि भएको छ।

अर्कोतिर अर्जेन्टिनाका युवा स्ट्राइकर जुलियन अल्भारेजले एकै सिजन विश्वकप, एफए कप, इङ्लिस प्रिमियर लिग र च्याम्पियन्स लिगसहित चार उपाधि चुमेका छन्। 

नर्वेजियन स्ट्राइकर इर्लिङ हालान्डले बोरूसिया डर्टमन्डबाट सिटी आएको पहिलो सिजनमै ती उपाधि चुमेका छन्। यसका साथै उनी विश्वकप विजेता लियोनेल मेस्सीसँगै बालोन डिओरको प्रबल दाबेदार पनि भएका छन्।

टर्कीको इस्तानबुलमा भएको फाइनल भिडन्तमा इटालियन क्लब इन्टरमिलानलाई १-० गोलले हराउँदै सिटीले पहिलोपटक पटक च्याम्पियन्स लिगको उपाधि चुमेको हो।

पहिलो हाफ निरश बितेको अवस्थामा सिटीलाई पहिलो युरोपेली उपाधि जिताउने क्रममा खेलको ६८ मिनेटमा निर्णायक गोल गरे। काउन्टर एट्याकका क्रममा उनले डी बक्सबाहिरबाट इन्टरको जाली चुमाएका थिए।

त्यसअघि र पछि इन्टरका लागि प्राप्त केही सुन्दर अवसर खेर फाले। खेलको ३६ मिनेटमा केभिन डे ब्रुएन घाइते भएर बाहिरिएपछि सिटी दबाबमा थियो।

तर सिटीले दोस्रो हाफमा एक मात्रै निर्णायक गोल गर्दै आफ्नो नाममा इतिहास लेख्न सफल भयो।

सेमिफाइनल भिडन्तमा म्यानचेस्टर सिटीले रियल मड्रिडलाई हराएको थियो। उता इन्टरले मिलान भिडन्तमा एसी मिलानलाई पाखा लगाउँदै उपाधि भिडन्त पक्का गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .