ad ad

खेल


रियल छाडेका बेन्जेमा साउदी जाने चर्चा

रियल छाडेका बेन्जेमा साउदी जाने चर्चा

नेपालखबर
जेठ २२, २०८० सोमबार १३:३१, काठमाडौँ

फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले सिजनको अन्त्यसँगै रियल मड्रिड छाडेका छन्।

इतिहासका उत्कृष्ट खेलाडीहरु मध्येका एक ३५ वर्षीय बेन्जेमा रियलको सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो स्थानमा छन्।  

आइतबार रातिको खेलसँगै बेन्जेमाको १४ वर्षको रियल बसाई समाप्त सकिएको छ। बेन्जेमा अब साउदी क्लबमा जाने सम्भावना छ।

बेन्जेमाले रियलबाट पाँच च्याम्पियन्स लिग र चार ला लिगा उपाधि उचालेका छन्। सन् २०२२ मा बालोन डिओर उपाधि जितेका छन्। १४ सिजनमा बेन्जेमाले रियलका लागि ६४८ खेलमा ३५३ गोल र १३८ असिस्ट गरेका छन्। रियलका लागि बेन्जेमाले २५ उपाधि जितेका छन्।

बेन्जेमा सन् २००९ मा २१ वर्षको उमेरमा घरेलु टोली लियोनबाट रियल आएका थिए।

सिजनको अन्तिम खेलमा ७२ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै बेन्जेमाले रियललाई हारबाट जोगाएका थिए। ७४ मिनेट मैदानमा बिताएका बेन्जेमालाई लुका मोड्रिचले प्रतिस्थापन गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .