ad ad

खेल


खेलकुदका लागि कति छुट्टियो बजेट? के के छन् योजना?

खेलकुदका लागि कति छुट्टियो बजेट? के के छन् योजना?

नेपालखबर
जेठ १६, २०८० मंगलबार १४:३५, काठमाडौँ

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ८७ करोड ५९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। यो रकम कूल बजेटको ०.१६ प्रतिशत हो। 

सरकारले विनियोजन विधेयकको अनुसूचीमा खेलकुदका लागि समेटेको उक्त बजेट सोमबार संसद्‌मा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट भाषणमा भने अंकमा उल्लेख गरेका थिएनन्। 

विनियोजन विधेयकको अनुसूचीअनुसार सरकारले खेलकुदका लागि केन्द्रतर्फ २ अर्ब ७ करोड ७३ लाख, प्रदेशतर्फ ३९ करोड ६३ लाख र स्थानीय तहका लागि ४० करोड २३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। 

खेलकुदका लागि बजेटमा समेटिएका बुँदाहरु 
-त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाका रूपमा विकास गरिने र फ्लड लाइट राखिने

-मूलपानी क्रिकेट रंगशालाको निर्माण कार्य सम्पन्न गरिने

-विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला, बैतडीको दशरथ चन्द क्रिकेट रंगशाला, कैलालीको फाप्ला क्रिकेट रंगशाला र काठमाडौंको सुवर्णशमशेर क्रिकेट रंगशाला निर्माण कार्य अघि बढाइने 

-निर्माणाधीन धनगढी, इटहरी, पोखरा र नेपालगञ्जको प्रदेश रंगशाला र कभर्ड हल निर्माण गरिने

-सार्वजनिक निजी साझेदारीमा हाइअल्टिच्युट ट्रेनिङ सेन्टरका साथै र्‍याफ्टिङ, क्यानोइङ, प्याराग्लाइडिङ, रक क्लाइम्बिङ र अल्ट्रा म्याराथुनलगायत साहसिक खेल पूर्वाधार निर्माण गरिने

-खेलकुद पर्यटनलाई प्रवर्द्धन गरिने

-खेलकुदका पूर्वाधार निर्माण, व्यवस्थापन र प्रतियोगिता सञ्चालनमा निजी क्षेत्रलाई प्रोत्साहन गरिने

-उन्नाइसौं एसियाली खेलकुद, दक्षिण एसियाली खेलकुद र १०औं राष्ट्रिय खेलकुदको तयारीका लागि खेलाडीलाई आवश्यक प्रशिक्षण दिन बजेट व्यवस्था

-अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक हासिल गर्ने खेलाडीलाई प्रोत्साहन र सम्मान गरिने

-युवाहरूलाई अनुशासित र स्वस्थ बनाउन मार्सल आर्ट्स् खेललाई समुदाय स्तरसम्म विस्तार गर्न प्रोत्साहन गरिने

-नेपाल ओलम्पिक कमिटी, अखिल नेपाल फुटबल संघ, नेपाल क्रिकेट संघलगायत विभिन्न खेल सम्बद्ध संघ/संस्थाको क्षमता विकास गरी खेलकुद प्रतियोगिता सञ्चालन गर्न प्रोत्साहन गरिने

-स्थानीयस्तरमा खेलकुद प्रतियोगिता सञ्चालन गर्न स्थानीय तहलाई सहयोग गरिने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .