ad ad

खेल


साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र कुवेत भिड्ने

साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र कुवेत भिड्ने

फाइल तस्बिर


नेपालखबर
जेठ ३, २०८० बुधबार १७:३०, काठमाडौँ

भारतमा हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र कुवेत भिड्ने भएका छन्। 

आगामी असार ६ गतेदेखि हुने च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले कुवेतसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।

त्यही दिन समूह 'ए' मै रहेका भारत र पाकिस्तान खेल्नेछन्। 

समूह चरणको दोस्रो खेलमा असार ९ गते नेपाल र भारत भिड्ने छन्।

असार १२ गते समूह चरणको अन्तिम खेलमा नेपालले पाकिस्तानसँग खेल्ने तालिका छ। 

भारतको नयाँ दिल्लीमा बुधबार भएको समूह विभाजनमा आयोजक भारतसँगै नेपाल, कुवेत र पाकिस्तान समूह 'ए' मा छन्।

समूह 'बी' मा लेवनान, मालदिभ्स, भुटान र बंगलादेश छन्। 

समूह चरणको शीर्ष दुईमा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।

सेमिफाइनलमा समूह 'ए' को विजेता र समूह 'बी' को उपविजेता तथा समूह 'बी' को विजेता र समूह 'ए' का उपविजेता भिड्नेछन्।

साफ च्याम्पियनसिपमा भारत साविक विजेता र नेपाल उपविजेता रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .