ad ad

खेल


थ्री बाई थ्री बास्केटबल लिगको सुरुवात पुसको अन्तिम साताबाट

थ्री बाई थ्री बास्केटबल लिगको सुरुवात पुसको अन्तिम साताबाट

नेपालखबर
पुस २५, २०७६ शुक्रबार ९:३६,

नेपाल ‘थ्री बाई थ्री बास्केटबल’ लिगको पश्चिम क्षेत्रको प्रतियोगिता यही पुसको अन्तिम साताबाट सुरु हुने भएको छ।

काठमाडौमा शुक्रबार पत्रकार सम्मेलन गर्दै एनबीएल पश्चिम नेपालका पोखरा, बुटवल र धनगढीमा हुने आयोजक नेपाल बास्केटबल लिग प्रालिले जानकारी दिएको हो।

प्रतियोगितालाई खेलकुद सामग्री निमार्ण कम्पनी लिनिङले प्रायोजन गर्नेछ। प्रायोजनसम्बन्धी सम्झौता पत्रमा लिनिङका कन्ट्री हेड राजेन महर्जन र एनबीएल प्रालिका अध्यक्ष निमतबहादुर थापाले हस्ताक्षर गरे। सम्झौता अनुसार लिनिङले १० लाख रुपैयाँको प्रायोजन गर्नेछ। प्रायोजन बापत ५ लाख रुपैयाँ नगद र ५ लाख बराबरको खेलकुद सामग्री उपलब्ध गराउने लिनिङ नेपालका कन्ट्री हेड मर्हजनले जानकारी दिए।

प्रतियोगितामा पोखरामा पुस २९ र ३० गते हुने प्रालिका अध्यक्ष थापाले बताए। उनले भने, ‘बुटवलमा माघ ४ गते र धनगढीमा माघ ६ गते प्रतियोगिता हुनेछ। पोखरामा २० टोली सहभागी हुनेछन्।’ तीनवटै स्थानमा हुने प्रतियोगिताका फाइनलमा पुग्ने टोली धनगढीमा भिड्नेछन्। फाइनल खेल माघ ८ र ९ गते हुनेछ।

बास्केटबलमा सहभागी टोलीले राष्ट्रिय टोली विदेशी गरी एक÷एक खेलाडी समावेश गर्न सक्ने प्रालिका अध्यक्ष थापाले बताए। उनले भने, ‘हामीले स्थानिय खेलाडीलाई प्रोत्साहन गर्न प्रतियोगिता आयोजना गरेका हौं, त्यसैले राष्ट्रिय र विदेशी खेलाडी १–१ जना राख्न सक्ने प्रावधान बनाएका हौ। प्रतियोगिताबाट राष्ट्रिय खेलाडी उत्पादन गर्ने हाम्रो लक्ष्य हो।’

विदेशी खेलाडीका लागि प्रालिले खाने बस्ने व्यवस्था गर्नेछ भने अन्य खेलाडीको व्यवस्था क्लबले नै गर्नुपर्नेछ।

थ्री बाइ थ्री बास्केटवलको उपाधि विजेताले ५० तथा उपविजेताले २५ हजार पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .