ad ad

खेल


क्लब छाड्दै बार्सिलोनाका कप्तान बुस्केट्स

क्लब छाड्दै बार्सिलोनाका कप्तान बुस्केट्स

नेपालखबर
बैशाख २८, २०८० बिहिबार ८:१७, काठमाडौँ

बार्सिलोनाका कप्तान सर्जियो बुस्केट्सले यो सिजनको अन्त्यसँगै क्लब छाड्ने पक्का भएको छ।

१८ वर्ष बार्सिलोनामा बिताएका बुस्केट्सले सिजनको अन्त्यसँगै क्लब छाड्ने निर्णय गरेका हुन्। बार्सिलोना र  बुस्केट्सबीचको सम्झौता यो सिजनको अन्त्यसँगै सकिँदैछ। 

बुस्केटले भने, 'यो मेरा लागि पक्कै सजिलो निर्णय हैन, तर मलाई लाग्छ अब समय आएको छ। यो एक अविष्मरणीय यात्रा भएको छ। मैले यो सर्ट र स्टेडियममा खेल्ने सपना देखेको थिएँ। वास्तविकताले मेरा सब्र सबै सपना पूरा गरेका छन्।'

पूर्व स्पेनिस मिडफिल्डर ३४ वर्षीय बुस्केट्सले बार्साबाट ७ सय १८ म्याच खेलेका छन्। जुन क्लब इतिहासमा धेरै खेल खेल्नेमा तेस्रो स्थानमा आउँछन्।  सिनियर टोलीमा १८ गोल गर्दा ४० असिस्ट दिएका छन्। 

बार्सिलोनाबाट उनले आठ ला लिगा उपाधि, सात कोपा डेल रे, सात स्पेनिस सुपर कप र तिन च्याम्पियन्स लिगको उपाधि जितेका छन्। 

यो सिजन ला लिगाको उपाधि नजिक पुगेको बार्सिलोनाले आइतबार स्पानोलसाग खेल्दैछ। यो खेलमा जित निकाले बार्सिलोनाले ४ सिजनपछि ला लिगा उपाधि उचाल्नेछ। सम्भवत यो पछि उनले क्लब छाड्नेछन्। 

'सबै कुराको सुरुवात र अन्त्य हुन्छ, म पहिलो दिनदेखि अन्तिमसम्म यो सब सम्भव गराउने सबैलाई धन्यवाद दिन चाहान्छु,' उनले भने।

बुस्केट्स सन् २००५ मा युवा खेलाडीका रूपमा क्लबमा जोडएका थिए। सन् २००८ मा सिनियर टोलीमा डेब्यु गर्नुअघि उनी बार्साको बी टिममा खेल्ने गर्थे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .