ad ad

राजनीति


कांग्रेस पदाधिकारी बैठक आज पनि, बालकृष्ण खाँणलाई गर्ला निलम्बन?

कांग्रेस पदाधिकारी बैठक आज पनि, बालकृष्ण खाँणलाई गर्ला निलम्बन?

फाइल तस्बिर : बालकृष्ण खाँण


नेपालखबर
बैशाख २८, २०८० बिहिबार ८:२१, काठमाडौँ

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (बिहीबार) पनि बस्ने भएको छ। 

बुधबार (हिजो) धुम्बाराहीमा बसेको बैठकले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका आफ्ना नेता बालकृष्ण खाँणबारे कुनै निर्णय गर्न नसकेपछि कांग्रेसको पदाधिकारी बैठकले आज पनि निरन्तरता पाउने भएको हो। 

कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बैठक दिउँसो २ बजे सुरु हुनेछ।

हिजोको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग प्रवक्ता महतले नेता खाँणले अनुसन्धानमा सघाएको र उनी अहिल्यै दोषी ठहर भइनसकेको उल्लेख गर्दै ‘अनुसन्धान परिपक्व’ भएपछि मात्र पार्टीले एउटा निर्णय गर्ने बताएका थिए। 

बुधबारको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले केन्द्रीय सदस्य खाँणलाई निलम्बन गरी अनुसन्धान सघाउन प्रस्ताव गरे पनि सभापति शेरबहादुर देउवाले कुनै प्रतिक्रिया नदिएको बताइएको छ। 

सोही प्रकरणमा पक्राउ पुर्जी जारी भएका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई नेकपा एमालेले सचिव पदबाट निलम्बन गरेपछि कांग्रेसलाई पनि दबाब परिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .