ad ad

खेल


एसीलाई हराउँदै इन्टर च्याम्पियन्स लिगको फाइनलनजिक

एसीलाई हराउँदै इन्टर च्याम्पियन्स लिगको फाइनलनजिक

नेपालखबर
बैशाख २८, २०८० बिहिबार ७:४०, काठमाडौँ

यूईएफए च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनल खेलको पहिलो लेगमा इन्टर मिलानले एसी मिलानलाई हराउँदै फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ। 

बुधबार राति भएको मिलान डर्बीमा इन्टरले एसी मिलानलाई २–० ले हराएको हो। इन्टरको जितमा इडेन जेको र हेनरिक मिखटरयानले गोल गरे। 

इन्टरले खेलको सुरुवातमा नै दुइ गोल गर्दै आरामदायी अग्रता बनाएको थियो। खेलको आठौं मिनेटमा जेकोको गोलमा इन्टरले सुरुवाती अग्रता बनाएको थियो। 

खेलको ११औं मिनेटमा हेनरिक मिखटरयानले गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे। त्यसपछि खेलमा थप गोल हुन नसक्दा इन्टरले जित पक्का गरेको हो। 

सेमिफाइनलको दोस्रो लेग यही मे १६ मा हुनेछ। दोस्रो लेगमा पनि इन्टरले यही लय कायम राख्न सके फाइनलमा पुग्नेछ। एसी मिलानले भने दोस्रो लेगमा कम्तीमा ३–० को जित हासिल गर्नुपर्छ। 

यी दुइ टोलीका खेलको विजेताले फाइनलमा म्यानचेस्टर सिटी र रियल मड्रिडबीच एकसँग उपाधिका लागि भिड्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .