सिरी ए उपाधि जितेपछिको पहिलो खेलमा नापोलीले घरेलु टोली फियोरेन्टिनाविरुद्ध साँघुरो जित हासिल गरेको छ।
आइतबार राति भएको खेलमा भिक्टर ओसिमहेनले एक पेनाल्टी मिस गरे पनि अर्को गोल गर्दै नापोलीलाई जित दिलाएका हुन्।
खेलको ७४औं मिनेटमा निकोलस गोन्जालेजले पेनाल्टी क्षेत्रमा ख्विचा क्वारात्स्खेलियालाई फउल गरेपछि ओसिमहेनले पेनाल्टी पाएका थिए। जसलाई उनले खेर जान दिएनन्।
त्यसअघि खेलको ४८औं मिनेटमा ओसिमहेनको पेनाल्टी प्रहार फियोरेन्टिनाका गोलरक्षक पिएट्रो टेरासियानोले बचाएका थिए।
नापोलीले गत आइतबार उडिनेसेसँग बराबरी खेल्दै ३३ वर्षपछि पहिलोपटक उपाधि जितेको थियो।
डिएगो अर्मान्डो म्यारोडोना स्टेडियमा खेल सुरु हुनुअघि फियोरेन्टिनाका खेलाडीले नापोलीका खेलाडी र प्रशिक्षकलाई गार्ड अफ अनर दिएका थिए।
गएरातिकै अर्को खेलमा युभेन्टसले एटलान्टालाई २–० गोल अन्तरले हराएको छ। जितसँगै युभेन्टस अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। लाजियो भने तेस्रो स्थानमा झरेको छ।
Shares
प्रतिक्रिया