ad ad

खेल


ट्रोयसलाई हराउँदै पीएसजी पुग्यो फ्रेन्च लिग वानको उपाधिनजिक

ट्रोयसलाई हराउँदै पीएसजी पुग्यो फ्रेन्च लिग वानको उपाधिनजिक

नेपालखबर
बैशाख २५, २०८० सोमबार ७:४२, काठमाडौँ

विश्वकप विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई कारबाही गरेपछिको पहिलो खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग १ मा ट्रोयसलाई हराएको छ। 

आइतबार राति भएको खेलमा पीएसजीले ट्रोयसलाई ३–१ गोल अन्तरले हराएको हो।

जितसँगै पीएसजी लिग वान उपाधिको नजिक पुगेको छ। 

खेलको आठौं मिनेटमा केलियन एमाप्पेकोले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए। 

पहिलो हाफमा १–० ले अग्रता बनाएको पीएसजीले दोस्रो हाफमा २ गोल थप्दा १ गोल खान पुग्यो। 

खेलको ५९औं मिनेटमा भिटिन्हाले पीएसजीको अग्रता दोब्बर पारे। तर खेलको ८३औं मिनेटमा जेभियर चाभालेरिनले ट्रोयसका लागि सान्त्वना गोल फर्काए। त्यसको ३ मिनेटपछि नै पीएसजीका लागि फबियन रुइजले तेस्रो गोल थप्दै टोलीको जित पक्का गरे। 

पछिल्ला ६ मध्ये ३ खेलमा हार भोगेको पीएसजीलाई कीर्तिमानी ११औं फ्रान्सेली उपाधि जित्न थप ७ अंक आवश्यक छ। 

जारी सिजनमा चार खेल बाँकी रहेकाले दोस्रो स्थानमा रहेको लेन्सभन्दा ६ अंकले टाढा छ। ट्रोयस १९औं स्थानमा छ। रेलिगेसनबाट बच्न ट्रोयससामु बाँकी खेल जित्नुको विकल्प छैन।

गएरातिकै अन्य खेलमा लियोनले मोन्टीपोलरविरुद्ध ५–४ को संर्घषपूर्ण जित हासिल गरेको छ। मोनाकोले एन्जरर्सलाई तथा लोरियन्टले ब्रेस्टलाई समान २–१ गोलले हराए। स्टेनवर्गले नान्टेजलाई २–० ले पाखा लगायो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .