ad ad

खेल


पोखरा स्पोर्ट्स अवार्डको तयारी पूरा

पोखरा स्पोर्ट्स अवार्डको तयारी पूरा

नेपालखबर
बैशाख २२, २०८० शुक्रबार १८:४१, काठमाडौँ

पोखरा स्पोर्ट्स अवार्डको सातौं संस्करणको तयारी पूरा भएको छ।  

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने अवार्डको तयारी पूरा भएको मञ्चले जनाएको छ। 

अवार्डका लागि वर्ष पुरुष खेलाडीमा क्रिकेटका करण केसी, आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदिप खड्का मनोनयनमा परेका छन्। वर्ष खेलाडी महिलातर्फ फुटबलकी सावित्रा भण्डारी, आर्चरीकी रोजीना थापा मगर र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर मनोनयनमा परेका छन्।

वर्ष खेलाडी पुरुष र महिलाको विजेताले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्नेछन्।

उदीयमान खेलाडीतर्फ भलिवलका रवि केसी, फुटवलका सुमित श्रेष्ठ र क्रिकेटका सुवास भण्डारी मनोनयनमा परेका छन्। वर्ष उत्कृष्ट प्रशिक्षकमा आर्चरीका किशोर कुमार गुरुङ, लनटेनिसका निरज थापा र आइटिएफ तेक्वान्दोका सुरज सुनार मनोनयमा परेका छन्। उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकका विजेताले जनही ३५ हजार रुपैयाँ र ट्रफी हात पार्नेछन्। 

यो वर्षको लाइफटाइम अचिभमेन्ट अवार्डबाट बक्सिङ प्रशिक्षक विद्या प्रसाद मर्सानीलाई सम्मान गर्न लागिएको मञ्चका अध्यक्ष दिनानाथ बरालले बताए। मर्सानीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरिनेछ।

उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड कास्की जिल्ला ह्यान्डबल संघलाई प्रदान गरिँदैछ।

वर्ष उत्कृष्ट खेल पत्रकारबाट सागरराज तिमिल्सिनालाई सम्मान गरिदैछ। पत्रकार छनोट समितिको सिफारिसका आधारमा कार्यसमितिको बैठकले उनको नाम अनुमोदन गरेको महासचिव राजाराम पौडेलले बताए। वर्ष उत्कृष्ट संघ र वर्ष उत्कृष्ट पत्रकार अवार्डबाट सम्मनित हुनेले जनही ३५ हजार रुपैयाँ पाउनेछन्। 

यसैबीच नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा गत असोज ३० गते निधन भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको योगदानको कदर गर्दै कीर्तिशेष सम्मान गर्ने मञ्च गण्डकीका महासचिव पौडेलले बताए।

अवार्ड कार्यक्रममा कमेडी च्याम्पियनबाट चर्चामा आएका स्याङजाका मेक्सम गौडेलको स्ट्यान्ड अप कमेडी प्रस्तुती रहनेछ। यस्तै भेटियो सान्नानी सोल्टिबजारमा गीतबाट थप चर्चामा आएका लोक दोहोरी गायक निश्चल दवाडीको प्रस्तुती, हिमाली सांस्कृतिक परिवार तथा सारेगम कला केन्द्रको नृत्य प्रस्तुती, डेमोस्ट्रेसन लगायत अवार्ड कार्यक्रमका थप आर्कषणका रुपमा रहेको मञ्चले जनाएको छ। 

पोखरा स्र्पोट्र्स अवार्ड भोलि शनिबार दिउँसो पौने तिन बजे पोखरा सभागृह हलमा हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .