ad ad

खेल


शहिद स्मारक ए डिभिजन : मछिन्द्रद्वारा संकटा पराजित

शहिद स्मारक ए डिभिजन : मछिन्द्रद्वारा संकटा पराजित

तस्बिरहरू : सरोज नेपाल


नेपालखबर
बैशाख २१, २०८० बिहिबार १८:२१, काठमाडौँ

शहिद स्मारक ए डिभिजन लिगको दोस्रो चरणमा मछिन्द्र फुटबल क्लबले संकटा क्लबलाई पराजित गरेको छ।

जितसँगै मच्छिन्द्रले १४ खेलबाट २१ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ। मच्छिन्द्रले खेलमा ५ जित, ६ खेलमा बराबरी र ३ खेलमा हार भोगेको छ। पराजित संकटा १६ अंकमा ११ औं स्थानमा छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार भएको खेलमा मछिन्द्रले संकटाले ३–१ गोल अन्तरले पराजित गरेको हो। 

मछिन्द्रको जितमा देवेन्द्र तामाङ, विमल घर्ती मगर र ओलावाले आफिजले समान एक गोल गरे। संकटाका लागि जुनियर एन्कुंगेले शान्त्वना गोल गरे। 

मछिन्द्रले खेलको चौथो मिनेटमा नै देवेन्द्र तामाङको गोलमा सुरुवाती अग्रता बनाएको थियो।

पुजन उपरकोटीको प्रहार गोलरक्षक टिकेन्द्र थापाले पन्च गर्दै फर्काएपनि त्यसकै रिबाउण्डमा आएको बललाई देवेन्द्रले पोष्टको जाली चुमाएका थिए। 

पहिलो हाफमा १–० ले अग्रता बनाएको मछिन्द्रले दोस्रो हाफमा २ गोल थप्यो। खेलको ६९ औं मिनेटमा सौरभ लिम्बुको पासमा ओलावाले आफिजले वन भर्सेस वनको अवस्थामा गोल गरे। 

खेलको ७८औं मिनेटमा संकटाका निशान खड्काको क्रसमा जुनियर एन्कुंगेले हेडरमार्फत गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए। खेलको ८९ औं मिनेटमा विमल घर्तिमगरले गोल गर्दै संकटाको जित पक्का गरे। 

लिगको पहिलो चरणमा मछिन्द्रले संकटालाई २–१ गोल अन्तरले हराएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .