ad ad

खेल


एसिया कप पुग्ने क्रिकेट खेलाडीलाई जनही ६ लाख दिने सरकारको निर्णय

एसिया कप पुग्ने क्रिकेट खेलाडीलाई जनही ६ लाख दिने सरकारको निर्णय

नेपालखबर
बैशाख २०, २०८० बुधबार १३:४, काठमाडौँ

एसिया कप पुग्ने क्रिकेट खेलाडीलाई सरकारले जनही ६ लाख रुपैयाँ दिने निर्णय गरेको छ। 

बुधबार बसेको मन्त्रिपरिषद्‌को बैठकले एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई  जनही ६ लाख रुपैयाँ दिने निर्णय गरेको सञ्चार तथा सूचनामन्त्री रेखा शर्माले नेपालखबरलाई जानकारी दिइन्।

बैठकले मुख्य प्रशिक्षक मोन्टी देसाइलाई पनि रु. ६ लाख र अफिसियललाई ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान निमार्णका लागि सरकारले बजेट दिने निर्णय पनि सरकारले गरेको छ। त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन बजेट विनियोजन गर्ने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको हो।

नेपालले मंगलबार भएको फाइनलमा यूएईलाई ७ विकेटले पराजित गर्दै २१ वर्षपछि एसिया कपमा स्थान बनाएको थियो। पाकिस्तानले आयोजना गर्ने एसिया कप सेप्टेम्बरमा हुनेछ।

नेपालले यसअघि सन् २००२ मा एसिया कपमा स्थान बनाएको थियो।  दोस्रो पटक एसिया कपमा स्थान बनाउन सफल नेपालले विश्व क्रिकेटका बलिया टोली भारत र पाकिस्तानसँग खेल्नेछ।

एसिया कपमा पाकिस्तान, भारत र नेपाल समूह 'ए' मा हुनेछन्। समूह 'बी' मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्।  

त्यसबेला नेपाल सिंगापुरमा भएको एसीसी ट्रफीको फाइनलमा पुग्दै एसिया कपका लागि छनोट भएको थियो। त्यसबेला दुई छिमेकी मुलुक भारत र पाकिस्तानबीच कार्गिल युद्ध चलेको थियो। त्यहीकारण नेपालले एसिया कपमा पुगेर पनि खेल्न पाएको थिएन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .