ad ad

खेल


रोहित भन्छन् : भारत र पाकिस्तानसँग खेल्ने सपना पूरा भयो

रोहित भन्छन् : भारत र पाकिस्तानसँग खेल्ने सपना पूरा भयो

एसिया कपमा छनोटपछि रोहित पौडेल। तस्बिर : सरोज नेपाल


नेपालखबर
बैशाख १९, २०८० मंगलबार १४:३७, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले विश्व क्रिकेट जगतमा बलियो पकड बनाएका छिमेकी देशहरु भारत र पाकिस्तानसँग खेल्ने सपना पूरा भएको बताएका छन्।

एसीसी प्रिमियर कपको फाइनलमा मंगलबार यूएईलाई ७ विकेटले हराएपछि उनले यस्तो बताएका हुन्। 

रोहितकै कप्तानीमा नेपाल एसिया कपमा छनोट भएको छ। आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने भनिएको एसिया कपमा नेपाल भारत र पाकिस्तानसँगै समूह 'ए' मा छ।

‘एसीसी प्रिमियर कप जितेर एसिया कपमा छनोट हुँदा खुसी लागेको छ। हामीले जुन हिसाबले खेल्यौँ, त्यहीअनुसार नतिजा आयो,’  उनले भने, ‘एसिया कप हाम्रा लागि ठूलो छ। सानैदेखि भारत-पाकिस्तानको खेल हेर्दै आयौं। आज त्यही प्लेटफर्ममा पुगेर उनीहरूसँग खेल्दैछौं।’

उनले एसिया कप खेल्दा नेपाली टिमको एक्सपोजर बढेर विश्वको ध्यान तान्ने पनि बताए। 

‘हाम्रा लागि एसिया कपको ठूलो महत्व छ। एसिया कप खेले हामीलाई सबैले चिन्छन्। यसले आगामी वर्षमा नेपाली क्रिकेट झनै राम्रो हुन्छ,’ उनले खेलपछि पत्रकारहरुसँग भने। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .