ad ad

कारोबार


१८ औद्योगिक क्षेत्रमध्ये तीनवटाको वृद्धिदर नकारात्मक

१८ औद्योगिक क्षेत्रमध्ये तीनवटाको वृद्धिदर नकारात्मक

नेपालखबर
बैशाख १९, २०८० मंगलबार १४:३३, काठमाडौँ

चालू आर्थिक वर्ष २०७९/०८० मा तीन क्षेत्रको आथिक वृद्धिदर नकारात्मक रहने देखिएको छ।  

राष्ट्रिय तथ्याङ्क कार्यालयले मंगलबार सार्वजनिक गरेको तथ्याङकमा आधारमा यो वर्ष उद्योग, निर्माण र खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल सेवा क्षेत्रको वृद्धिदर नकारात्मक रहने प्रक्षेपण गरिएको छ। 

राष्ट्रिय तथ्याङ्क कार्यालयले १८ औद्योगिक क्षेत्रमध्ये उद्योग, निर्माण र खुद्रा व्यापार, गाडि तथा मोटरसाइलक सेवा क्षेत्रको वृद्धिदर नकारात्मक रहने अनुमान गरेको छ । 

उद्योगको वृद्धिदर २.०४ प्रतिशत, निर्माण र खुद्रा व्यापारको २.६२ प्रतिशत र गाडी तथा मोटरसाइलक सेवा क्षेत्रमा २.९६ प्रतिशत नकारात्मक रहने प्रक्षेपण गरेको छ । 

त्यसैगरी अघिल्लो वर्षको तुलनामा ९ वटा क्षेत्रको आर्थिक वृद्धिदर कम रहने र ९ वटाको आर्थिक वृद्धिदर बढने आकलन गरिएको छ । 

सेवाका क्रियाकलापहरुको वृद्धिदर ५.२१ प्रतिशत, स्वास्थ्य तथा सामाजिक ६.५१ प्रतिशत, शिक्षाको ४.०७ प्रतिशत, सार्वजनिक प्रशासन तथा रक्षा ५.३० प्रतिशत, कृषि वन तथा मत्स्यको २.७३ प्रतिशत, खानीको १.११ प्रतिशत, (विद्युत,ग्यास) १९.३६ प्रतिशत, पानी आपूर्ती ढल फोहर व्यवस्थापन तथा पुनः उत्पादनमा २.१६ प्रतिशत, यातायातमा १.१४ प्रतिशत, आवास तथा भोजनमा १८.५६ प्रतिशत, सुचना संचारमा ४.०७ प्रतिशत वित्तीय मध्यस्थतामा ७.२९ प्रतिशत, घरजग्गा कारोबार २.१७ प्रतिशत, प्राविधिक क्रियाकलापमा ४.३० प्रतिशत र प्रशासनिक सहयोग सेवामा ५.०१ प्रतिशत हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .