खेल


फाइनलको म्यान अफ द म्याच गुलशन, म्यान अफ द टुर्नामेन्ट सन्दीप

फाइनलको म्यान अफ द म्याच गुलशन, म्यान अफ द टुर्नामेन्ट सन्दीप

नेपालखबर
बैशाख १९, २०८० मंगलबार १२:४०, काठमाडौँ

यूएईविरुद्धको फाइनल भिडन्तको म्यान अफ द म्याच गुलशन झा घोषित भएका छन्।

नेपालले सुरुवाती विकेट गुमाएर दबाबमा परेका बेला नटआउट रहेका गुलशनले ८४ बलमा ६७ रन बनाए। 

गुलशनकै प्रभावशाली प्रदर्शनका कारण यूएईले दिएको १ सय १८ रनको सामान्य लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। 

चौथो विकेटका लागि गुलशनम झा र भिम सार्कीले रनको ९६ रनको अविजित साझेदारी गरेका थिए। 

गुलशन झा ६७ र भीम सार्की ३६ रनमा नटआउट रहे। ८४ बलको सामना गरेका गुलशनले ३ चौका र ६ छक्का प्रहार गरे। भीमले ७२ बलमा ४ चौका हाने। 

उता सन्दीपले ओमानविरुद्धको खेलसँगै ४२ म्याचबाट १०० रनसहित विश्वकीर्तिमान बनाएका थिए। 

उनले यो प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गरेपछि म्यान अफ द टुर्नामेन्ट घोषित भए।

उनले यो प्रतियोगितामा जम्मा १३ विकेट लिन सफल भएका थिए।

म्यान अफ द टुर्नामेन्टको ट्रफी लिने क्रममा उनले घामपानी नभनी हौसला बढाउन आएका समर्थकलाई धन्यवाद दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .