ad ad

खेल


भारत, पाकिस्तानसँग खेल्न तयार नेपाल (तस्बिरहरू)

भारत, पाकिस्तानसँग खेल्न तयार नेपाल (तस्बिरहरू)

त्रिवि क्रिकेट मैदानमा समर्थकसँग खुसी साट्दै नेपाली टोली। तस्बिर : सरोज नेपाल


नेपालखबर
बैशाख १९, २०८० मंगलबार १२:४८, काठमाडौँ

नेपालले २१ वर्षपछि एसिया कप क्रिकेट प्रतियोगिताको टिकट काटेको छ।

एसीसी प्रिमियर कप क्रिकेटको फाइनल भिडन्तका यूएईलाई ७ विकेटले हराएपछि नेपालले एसिया कपमा भारत र पाकिस्तानसँगको भिडन्त पक्का गरेको हो।

आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने भनिएको एसिया कपका लागि समूह 'ए' मा नेपालसँगै भारत र पाकिस्तान पनि रहेका छन्। 

हजारौँ समर्थकबीच गुलशन झा र भीम सार्कीको उत्कृष्ट साझेदारीले नेपालको एसिया कप यात्रा सहज भएको हो। 

गुलशन झा ६७ र भीम सार्की ३६ रनमा नटआउट रहेको खेल करिब एक पक्षीय थियो।

८४ बलको सामना गरेका गुलशनले ३ चौका र ६ छक्का प्रहार गरे। भीमले ७२ बलमा ४ चौका हाने। 

जितपछि क्रिकेटरहरुले मैदानमा घुमेर समर्थकहरुसँग खुसी साटेका थिए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .