ad ad

खेल


एसियाडका लागि बक्सिङको प्रारम्भिक छनोट सुरु

एसियाडका लागि बक्सिङको प्रारम्भिक छनोट सुरु

नेपालखबर
बैशाख १८, २०८० सोमबार २१:५५, काठमाडौँ

चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदका लागि बक्सिङको प्रारम्भिक छनोट सोमबारदेखि सुरु भएको छ। 

ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु छनोटमा पुरुष ५१ केजी तौलसमूहको क्वार्टरफाइनलमा नेपाल प्रहरीका चन्द्रबहादुर थापाले ४–३ अंकको आधारमा एचटुओका लालप्रसाद उप्रेतीलाई पराजित गरे। 

सोही तौलसमूहमा पाँचथरका फुङ्लाङ काम्बाङलाई आरएससीका आधारमा र रुकुमका जीवन पुन मगरलाई ५–० अंक आधारमा क्रमशः एपीएफका प्रदीप महर्जन र बक्समाण्डुका लक्ष्मण राईले विजय हासिल गरे।  त्यस्तै आर्मीका सुशील थापाले ५–० अंकको आधारमा ललितपुरका खेलाडी चिरिन्जिवि खड्का माथि जित हासिल गरे ।

पुरुष ५७ केजीमा बाँकेका खेलाडी ईन्द्र सुनारले केओका आधारमा एपीएफका पुरन राईमाथि जित हासिल गरे भने नुवाकोटका निराजन मोक्तानमाथि आरएसी आईको आधारमा आर्मीका खेलाडी पुरन सुनुवारले जित हासिल गरे।

पुरुष ६३.५ केजीमा प्रहरीका निकेश देशारमाथि आरएससीको आधारमा मकवानपुरका खेलाडी सोहन राईले जित हासिल गरे। सोही प्रतिस्पर्धामा ललितपुरका सागर दर्जीमाथि ५–० अंकको आधारमा जिनेक्श बक्सिङ क्लबका मौसम राना मगर विजयी भए भने रामेछापका नेत्र तिरुवामाथि आरएससीको आधारमा एपीएफका सोनाम सार्की विजयी भए।

पुरुष ७१ केजीमा लुम्बिनीका विकास रानाले ४–३ अंकको आधारमा नक्शाल बक्सिङ क्लबका अस्विन धिरण श्रेष्ठमाथि जित हासिल गरे भने बक्समाण्डुका दावा छिरिङ लामा माथि ४–१ अंकको आधारमा आर्मीका खेलाडी दिपेश लामाले जित हासिल गरेका थिए। त्यस्तै स्वीट साईन्स बक्सिङ क्लबका निराजन नेपाली माथि ५–० अंकको आधारमा एपीएफका बिक्रम चौधरीले जित हासिल गरे।

महिला ५० केजीमा आर्मीकी आरती बम्जनलाई ५–० अंकको आधारमा लुम्बिनीकी माया केसीले जित हासिल गरिन्। जेनेक्शकी तेजीमाया गुरुङलाई ५–० अंकको आधारमा स्वीट साईन्सकी रमिसा श्रेष्ठले जित हासिल गरिन्। प्रहरीकी रिता धरलालाई ४–३ अंकको आधारमा एचटुओकी अस्मिता दुवालले जित हासिल गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .