खेल


गुलशनले दिलाए नेपाललाई छैटौँ सफलता, दबाबमा यूएई

गुलशनले दिलाए नेपाललाई छैटौँ सफलता, दबाबमा यूएई

यूएईको विकेट लिएपछि उत्साहित नेपाली टोली। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
बैशाख १८, २०८० सोमबार ११:२५, काठमाडौँ

गुलशन झाले बसिर अहमदलाई बोल्ड आउट गर्दै नेपाललाए छैटौँ सफलता दिलाएका छन्। 

यो विकेटसँगै यूएई दबाबमा आएको छ। गुलशनले २२.५ ओभरमा बसिरलाई १० रन रनमा बोल्ड गरेका हुन्। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले २३ ओभरको समाप्तीमा ६ विकेट गुमाएर ९२ रन बनाएर खेलिरहेको छ। 

सोमपाल कामीले चौथो ओभरको पहिलो बलमा ओपनर मुहम्मद वसिमलाई ललित राजवंशीको हातबाट क्याच आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए। 
पाचौं ओभरको पाँचौ बलमा करण केसीले वृत्या अरविन्दलाई ८ रनमा विकेट किपर आशिफ शेखको हातबाट आउट गराए। 

८.१ ओभरमा करणले नै आर्यन लाक्रालाई १३ रनमा आरिफ शेखको हातबाट क्याच आउट गराउँदै पवेलियनको बाटो देखाए। रमिज शहजाद ९.१ ओभरमा १ रन बनाउँदा ललित राजवंशीको बलमा गुलसन झाबाट क्याच आउट भए। 

सन्दीप लामिछानेले १३.१ ओभरमा रोहन मुस्तफालाई २ रनमा कुशल मल्लको हातबाट क्याच आउट गराए। 

घरेलु टोली नेपाल दर्शक र घरेलु मैदानको फाइदा उठाउँदै एसिया कप पुग्ने लक्ष्यमा छ। उता युएई पनि नेपाललाई घरेलु मैदानमा स्तब्ध पर्ने येजनामा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .