ad ad

खेल


एसीसी प्रिमियर कप : वर्षाले खेल रद्द भएपछि फाइनलमा पुग्यो नेपाल

एसीसी प्रिमियर कप : वर्षाले खेल रद्द भएपछि फाइनलमा पुग्यो  नेपाल

तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
बैशाख १६, २०८० शनिबार १६:३८, काठमाडौँ

एसीसी प्रिमियर कपमा नेपाल र कुवेतबीचको सेमिफाइनल खेल वर्षाका कारण रद्द भएसँगै घरेलु टोली फाइनलमा पुगेको छ। 

नेपालले दिएको २ सय ८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाएर ३७ रन बनाउँदा पानी परेपछि खेलः रोकिएको थियो। भारी वर्षाका कारण खेल सुरु हुन नसकेपछि नेपाल फाइनलमा पुगेको हो। 

नेपालका अलराउण्डर करण केसीको घातक बलिङ गरेका थिए। ८.२ ओभरमा नै ६ विकेट लिएर नेपालले कुवेतलाई दबाबमा राखेको थियो।

घातक बलिङ गरेका करण केसीले ४.३ ओभरमा १ मेडन राख्दै १० रन खर्चेर ५ विकेट लिए। नेपालका लागि अर्को विकेट सोमपाल कामीले लिए। करणले कुवेतका ४ ब्याटरलाई क्याच आउट गराउँदै पवेलियनको बाटो देखाए। 

नेपालले दिएको २ सय ८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८ ओभरको समाप्तीमा ५ विकेट गुमाएर ३३ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो। कुवेतले २० ओभरमा १ सय ९६ रन बनाउनुपर्ने थियो। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कुवेतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले ४२ ओभरमा ९ विकेटको क्षतिमा २ सय ८१ रनको योगफल तयार पारेको थियो। तर डकवर्थ लुइस मेथडका आधारमा नेपालले कुवेतलाई २ सय ८१ रनको लक्ष्य दिएको हो। वर्षाका कारण खेल रोकिएपछि ८ ओभर घटाइएको थियो। 

चौंथो विकेटका लागि रोहित र कुशलले १ सय ९ रनको साझेदारी गरे। रोहित ९४ रनमा क्याच आउट भए। ९५ बलको सामना गरेका रोहितले ७ चौका र ३ छक्का हाने। लामो सट खेल्ने धुनमा रहेका रोहित अस्लामको बलमा पटेलको हातबाट क्याच आउट हुँदा शतक बनाउनबाट चुके। 

कुशल ५७ रनमा क्याच आउट भए। ४४ बलको सामना गरेका कुशल ४ चौका र ४ छक्का हानेका कुशल सायद मोनिवोको बलमा मोहम्मद अस्लामको हातबाट क्याच आउट भए। 

पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेखले ७७ रनको साझेदारी गरे। कुवेतका अडनान इड्रेसले दुवै ओपनरलाई क्याच आउट गराएका थिए। पछिल्लो समय खराब सुरुवातको कारण आलोचित बनेका ओपनरले नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए। 

कुशल ४३ र आशिफ ३१ रनमा पवेलियन फर्के। ३९ बलको सामना गरेका कुशल ७ चौका र १ छक्का हान्दा अडनान इड्रेसको बलमा यासिन पटेलको हातबाट क्याच आउट भए। २८ बलमा १ चौका र ३ छक्का हानेका आशिफ पनि अडनान इड्रेसको बलमा यासिन पटेलको हातबाट क्याच आउट भए। 

नेपाल २३.२ ओभरमा ३-१४१ को अवस्थामा हुँदा पानी परेपछि खेल करिब दुई घण्टा खेल रोकिएको थियो। वर्षाका कारण सुरुवातमा ५ ओभर घटाइएको खेलमा पुनः पानी परेपछि खेल प्रभावित भएको थियो। तर पुनः पानी परेपछि खेलमा ८ ओभर घटाइएको हो। 

आशिफ शेख १९ रनमा रनआउट भए। सन्दीप लामिछाने ५ र भीम सार्की १ रनमा आउट भए। दीपेन्द्र सिंह ऐरि डकआउट भए। करण केसी ७ रनमा आउट भए। सोमपाल कामी १३ र ललित राजवंशी शुन्य रनमा नटआउट रहे। 

कुवेतका मोहम्मद अस्लाम र अड्नानले समान ३ विकेट लिए। यासिन पटेल र सायद मोनिवले एक एक विकेट आफ्नो नाममा गरे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .