ad ad

रोचक


५५० जनाको बाबु बनेका व्यक्तिलाई रोकिन अदालतको आदेश

५५० जनाको बाबु बनेका व्यक्तिलाई रोकिन अदालतको आदेश

नेपालखबर
बैशाख १६, २०८० शनिबार १६:३१,

वीर्यदान गरेर विश्वभर ५५० जना बालबालिकाको बाबु बनेको आशंका गरिएका एक व्यक्तिलाई वीर्यदान नगर्न आदेश दिइएको छ।

नेदरल्यान्ड्सका ४१ वर्षीय जोनाथनले फेरि वीर्यदान गर्न खोजे उनलाई एक लाख युरोभन्दा बढी रकम जरिवाना हुन सक्नेछ।

नेदरल्यान्ड्सका फर्टिलिटी क्लिनिक्समा उनलाई २०१७ मै वीर्यदान गर्न प्रतिबन्ध लगाइएको थियो। त्यतिबेला उनको वीर्यबाट एक सयभन्दा बढी बालबालिका जन्मिसकेका थिए। 

तर, रोकिनुको सट्टा उनले अनलाइनबाट तथा विदेशमा पनि वीर्यदान गरिरहे।

हेगस्थित एक अदालतले ती व्यक्तिले प्रयोग गरेका सबै क्लिनिकको सूची उपलब्ध गराउन र त्यहाँ उनले दान गरेका वीर्य नष्ट गर्न पनि आदेश दिएको छ।

उनले सयौँ महिलालाई झुक्याएको बताइएको छ।

नेदरल्यान्ड्सको स्वास्थ्य मार्गनिर्देशनअनुसार वीर्यदानमार्फत एक व्यक्ति १२ परिवारमा गरी २५ जनाभन्दा बढीको बाबु बन्न पाउँदैन।

एकै व्यक्तिबाट जन्मेका बालबालिका पछि गएर दम्पती नबनून् र उनीहरुले बच्चा नजन्माऊन् भनेर धेरै पटक वीर्यदानलाई निरुत्साहित गरिएको हो।

तर, न्यायाधीशले जोनाथनले ५५० देखि ६०० को बीचमा बच्चा जन्माउन सहयोग गरिसकेका बताए। उनले २००७ देखि वीर्यदान सुरु गरेका थिए।

बालअधिकारको रक्षा गर्ने एक फाउन्डेसनले उनलाई अदालत पुर्याएको थियो। त्यस्तै, उनको वीर्यमार्फत बच्चा जन्माएकी एक महिलाले पनि उनीविरुद्ध मुद्दा हालेकी थिइन्।

नेदरल्यान्ड्समा उनको वीर्यबाट जन्मेका एक सयभन्दा बढी बालबालिका छन्। त्यसबाहेक उनले डेनमार्कको एक क्लिनिकमा पनि वीर्यदान गरेका थिए, जसले विश्वभर ती वीर्य पुर्याएको थियो।

उनले आफूबाट जन्मेका बच्चाको संख्या लुकाएर महिलाहरुलाई झुक्याएको अदालतको भनाइ छ। 

२०१९ मा नेदरल्यान्ड्सकै एक डाक्टरले बिनासहमति आफ्नै वीर्य प्रयोग गरी ४९ बच्चा जन्माएको खुलासा भएको थियो। बीबीसी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .