ad ad

खेल


वर्षाले रोकिएको कुवेत-नेपालबीचको खेल सुरु, ४२ ओभरमा छोट्याइयो

वर्षाले रोकिएको कुवेत-नेपालबीचको खेल सुरु, ४२ ओभरमा छोट्याइयो

नेपालखबर
बैशाख १६, २०८० शनिबार १२:५७, काठमाडौँ

वर्षाका कारण रोकिएको नेपाल र कुवेतबीचको सेमिफाइनल खेल ४२ ओभरमा छोट्टाइएको छ। 

खेल १ बजेदेखि सुरु भएको हो।

२३.२ ओभरमा ३ विकेट गुमाएर १४१ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो। पानी रोकिएपछि ५ ओभर घटाएर १२ बजेदेखि पुन: खेल सुरु गर्ने तयारी गरिएको थियो। तर फेरि पानी परेपछि खेल सुरु हुन पाएन। १ बजेदेखि सुरु गर्ने भनिएको खेलमा थप ३ ओभर घटाइएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कुवेतले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरेको थियो।

कप्तान रोहित पौडेल ३० र कुशल मल्ल ३२ रनमा नटआउट छन्। 

मध्यक्रमका ब्याटर रोहित र कुशलले नेपालको इनिङ्स सम्हालिरहेका छन्। रोहित र कुशलले चौथो विकेटका लागि ६१ रनको साझेदारी गरेका छन्। 

उत्कृष्ट सुरुआत गरेको नेपालले ३ रन बनाउन ३ विकेट गुमाएको थियो। पहिलो विकेटका लागि कुशल र आशिफले ७७ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए।

३९ बलमा ७ चौका र १ छक्का मद्दतमाा ४३ रन बनाएर कुशल क्याच आउट भए। त्यसपछिका ३ रन जोड्न नेपालले भिम सार्की र आशिफ शेखलाई गुमाएको हो। 

आशिफ शेख ३१ रन बनाउँदा क्याच आउट भए। २८ बलको सामना गरेका आशिफले १ चौका र ३ छक्का हाने। तेस्रो नम्बरमा ब्याटिङमा आएका भिम सार्की १ रनमा क्याच आउट भए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .