ad ad

राजनीति


तनहुँ अपडेट : १३ हजार गनिसक्दा स्वर्णिमलाई ४ हजार मतको अग्रता

तनहुँ अपडेट : १३ हजार गनिसक्दा स्वर्णिमलाई ४ हजार मतको अग्रता

नेपालखबर
बैशाख ११, २०८० सोमबार ७:५७, काठमाडौँ

तनहुँ क्षेत्र नम्बर १ को मतपरिणाम आउने क्रम जारी छ। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्लेले आफ्नो अग्रता कायम राखेका छन्। 

सुरुदेखि नै अग्रता कायम राखेका वाग्लेले पछिल्लो मतपरिणाम अनुसार ७ हजार २ सय ९३ मत प्राप्त गरेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार अहिलेसम्म ८ वटा वडाको मतगणना सकिएको छ। अहिलेसम्म १३ हजार ६५ मतगणना भएको छ।

जसमा वाग्लेले ७ हजार २ सय ९३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३ हजार २ सय ३४ मत प्राप्त गरेका छन्। 

त्यस्तै, नेकपा एमालेका उम्मेदवार सर्बेन्द्र खनाल तेस्रो स्थानमा छन्। उनले २ हजार १ सय ३४ मत प्राप्त गरेका छन्। 

तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

यो क्षेत्रमा १ लाख २३ हजार ३०५ मतदाता छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .